गृहपृष्ठ जन प्रगतिशिल मंच बेल्जियमको अध्यक्षमा पौडेल महासचिवमा मगर
जन प्रगतिशिल मंच बेल्जियमको अध्यक्षमा पौडेल महासचिवमा मगर

नेकपा माओबादी निकट जन प्रगतिशिल मंच बेल्जियमको १२ औ अधिवेशन ब्रुग्गेमा सम्पन्न भएको छ।
अधिबेशनले मंचको इन्चार्ज जित बहादुर लामा र अध्यक्षमा प्रकाश पौडेल र महासचिब कल्पना मगरलाई चयन गरेकोछ।
मंचको उपाध्यक्षहरूमा दिल्ली राम भण्डारी, भिम सुबेदी , पवन सुबेदी , मनिस गुरुङ , ठाहिला चामलिंङ,निर्मला बजगाई ,सचिबहरूमा – सावित्री भारती, तेज अर्याल ,लोक बहादुर नेपाली , सिता दाहाल ,कोषाध्यक्ष लक्ष्मी सुबेदी ,सह-कोषाध्यक्ष मखन नेपालीलाई चयन गरेको छ।
त्यसैगरी सदस्यहरूमा कर्ण बिक ,श्याम ढकाल ,एडी शेर्पा ,रमेश कार्की ,सबिन नेउपाने ,मिन्ड गुरुङ,गणेश घिमिरे
,चित्र बहादुर सिह ,रश्मी नेउपाने ,शुशिला खतिवडा,समिता सुबेदी ,दिल बहादुर शेर्बुजा ,लक्ष्मी पाण्डे ,मनसुवा परियार
,रबिन श्रेष्ठ,सुजन ढकाल ,कृष्ण सुनार ,श्याम बुढा ,सरस्वती सुबेदी ,साधना बोहोरा र खेम नेउपाने ओस्तंडे रहेकाछन।
सन् २००१ मा स्थापित मंच युरोपमै पुरानो संगठनको रूपमा दर्बिलो ईतिहास बोकेर जिबन्त रहेको छ । १२ औ अधिबेशनमा प्रमुख अतिथी प्रबास समन्वय समितिका सह इन्चार्ज लक्ष्मण पन्तले पार्टीमा गुट उपगुटको क्रियाकलाप बन्द गरी समग्रमा पार्टी हित र एकताका लागि सबैले एक पटक गम्भिर भएर सोच्नु पर्ने बेला भएको बताउदै उहाले थप्नु भयो – अहिले पार्टी राजनैतिक क्रान्ति पछी आर्थिक क्रान्ति तर्फ अगाडी बढ्नु पर्ने मोडमा आएको कारण पार्टीको काधमा महान सम्भाबना र चुनौती आई लागेको छ।
कार्यक्रमका बिशेष अतिथी प्रबास कमिटी अध्यक्ष ओम शर्माले पार्टीमा नेताहरू बिग्रिएपनि तल्लो तहका कार्यकर्ताहरू नबिग्रिएको भन्दै जनताले अझै पनि माओबादीलाई आफ्नो अभिभावकको रूपमा हेरेको बताउनु भयो।
माओबादी अग्रगमनकारी पार्टी भएको भन्दै वहाले थप्नु भयो – सम्पूर्ण उत्पीडित जाती-जनजाति समुदाय वर्गको उत्थानको लागि माओबादीले गरेको योगदान ईतिहासमा दर्ज भईसकेको छ। र मुद्दालाई जिबन्त बनाई राख्नेछ।
अधिबेशन सफलताको कामना गर्नेहरूमा पार्टी प्रबास समन्वय समितिका सचिब टिबी पाठक , युरोप अध्यक्ष सुरेन्द्र भुषाल , मगर राष्ट्रीय मुक्ति मोर्चा प्रबास ईन्चार्ज तथा प्रबास कमिटी सदस्य बिरमान मगर , अध्यक्षहरू मान बहादुर गुरुङ बेलायत , धर्मराज खतिवडा अष्ट्रीया , संघर्ष केसी नेदरल्याण्ड, गोबिन्द भण्डारी जर्मनी , बिशाल ढुंगाना स्पेन , महेन्द्र खडका डेनमार्क, जनप्रगतिशील मोर्चाको तर्फबाट मेख गुरुङ , एनआरएन बेल्जियम अध्यक्ष खडक बहादुर केसी , तमु राष्ट्रीय मुक्ति मोर्चा युरोप ईन्चार्ज , मनिस गुरुङ कार्यक्रममा जन सम्पर्क समिति बेल्जियमका महामन्त्री कमल सिटौला , राज गौतम पोर्चुगल , अच्युत फुयाल स्वीटजरल्यान्ड लगायत हुनुहुन्थ्यो ।
कार्यक्रमको संचालन प्रकाश पौडेल तथा स्वागत कल्पना मगर र सभापतित्व जित लामाले गर्नु भएको थियो।