गृहपृष्ठ जर्मनी अन्तिम १६ बाटै बाहिरीयो,इंग्ल्यान्डले रोमाञ्चक खेलमा बाजी मार्यो
जर्मनी अन्तिम १६ बाटै बाहिरीयो,इंग्ल्यान्डले रोमाञ्चक खेलमा बाजी मार्यो

जर्मनी जारी १६औं युरोकप फुटबलबाट बाहिरिएको छ। गएराति भएको अन्तिम १६ को हेभिवेट भिडन्तमा इंग्ल्यान्डले जर्मनीलाई २-० ले हराएको हो।
इंग्ल्यान्डलाई क्वाटरफाइनलमा स्थान पक्का गराउन रहीम स्टर्लिङ र ह्यारी केनले १-१ गोल गरेका थिए। दुवै गोल दोस्रो हाफको अन्तिम २५ मिनेटभित्र भए।
७५औं मिनेटमा स्टर्लिङले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। उनले लुक शको पासलाई गोलमा परिणत गरेका थिए।
८६औं मिनेटमा ज्याक ग्रिलिसको पासमा केनले गोल गर्दै इंग्ल्यान्डको २-० को जीत सुनिश्चित गरे।
जीतसँगै इंग्ल्यान्डले उपाधि जित्ने अभियानमा एक कदम अघि बढाएको छ भने जर्मनी अन्तिम १६ बाटै घर फर्कन बाध्य बन्यो।
प्रतियोगिताबाट उपाधि दाबेदारका रुपमा देखिएका केही टोली बाहिरिने क्रम जारी रहेको छ। यसअघि पोर्चुगल, नेदरल्यान्ड्स, फ्रान्सजस्ता दाबेदार टोली घर फर्किसकेका छन्।