२०८० जेठ २२ गत सोमवार | June 05, 2023

गृहपृष्ठ जलवायु सम्बन्धी सम्झौताको मस्यौदा सार्वजनिक

जलवायु सम्बन्धी सम्झौताको मस्यौदा सार्वजनिक

जलवायु सम्बन्धी राष्ट्रसंघीय निकायले कोप-२० सम्मेलनपछि जारी हुने ग्लास्गो सम्झौताको पहिलो मस्यौदा सार्वजनिक गरेको छ।

कोप-२० सम्मेलनको अन्त्यमा हुने सम्झौताको मस्यौदा बुधबार सार्वजनिक गरिएको हो। झण्डै २ सय मुलुकका वार्ताकारले शुक्रबार सम्पन्न हुने जलवायु सम्मेलनपूर्वनै मस्यौदा सम्झौतालाई अन्तिम रुप दिनेछन्।

ग्लास्गोमा आयोजित जलवायसम्बन्धी कोप-२० सम्मेलनमा हुने सम्झौतापछि विद्यमान जलवायु लक्ष्य र तापमान वृद्धिको डरलाग्दो मात्रा रोक्नका लागि चाल्नुपर्ने कदमबीच रहेको खाडल हटाउन मुलुकहरू प्रतिबद्ध हुने भएका कारण चासोपूर्वक हेरिएको छ।

बुधबार सार्वजनिक गरिएको ६ पृष्ठ लामो मस्यौदा सम्झौतामा ‘मानवीय गतिविधिका कारण विश्वव्यापी तापमान १.१ डिग्री सेल्सियस वृद्धि भएको’ र यसको असर हरेक क्षेत्रमा महसुस भइरहेको उल्लेख छ।

त्यस्तै, अनुकूलन, जलवायु वित्त, न्यूनीकरण, क्षमता अभिवृद्धि, हानि तथा नोक्सानी र कार्वान्वयन जस्ता विषयमाथि मस्यौता सम्झौतामा जोड दिइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु