२०८० जेठ २३ गत मंगलवार | June 06, 2023

गृहपृष्ठ जसपाका अध्यक्ष ठाकुरको साथ छोडे ६ जना नेताले

जसपाका अध्यक्ष ठाकुरको साथ छोडे ६ जना नेताले

जनता समाजवादी पार्टी (जसपा) यतिखेर फुट्को संघारमा छ। महन्थ ठाकुर पक्षमा रहेका कार्यकारिणी समितिका ६ सदस्य कित्ता परिवर्तन गरी उपेन्द्र यादव समूहमा गएका छन्।

६ सदस्यले ठाकुरको साथ छाडेपछि कार्यकारिणीमा उपेन्द्र समूह स्पष्ट बहुमतमा देखिएको छ।पछिल्लोपटक कार्यकारिणी समितिका सदस्यहरू मृगेन्द्रसिंह यादव, नवलकिशोर साह र रामनरेश राय यादव ठाकुर पक्षलाई छाडेर उपेन्द्र समूहमा गएका हुन्।

यसअघि ठाकुर पक्षका महेन्द्र यादव, गजाधर यादव र रमेश यादव उपेन्द्र समूहमा गएका थिए। उनीहरूले पार्टी जोगाउन आफूहरूले अध्यक्ष उपेन्द्रलाई साथ दिएको बताएका छन।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु