२०८० जेठ २३ गत मंगलवार | June 06, 2023

गृहपृष्ठ जसपा तत्काल सरकारमा नजाने ,आफ्नै नेतृत्व पाए सरकार बनाउने

जसपा तत्काल सरकारमा नजाने ,आफ्नै नेतृत्व पाए सरकार बनाउने

जनता समाजबादी पार्टीले मंगलवार विज्ञप्ति जारी गर्दै सरकारको नेतृत्व पाए अगाडि बढ्ने संकेत गरेको छ।

आज दुबै अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले संयुक्त वक्तव्य जारी गर्दै पार्टीलाई विधि ,पद्धतिअनुसार अगाडि बढाउने उद्घोष गरेका छन्।

तत्काल जसपा सरकारमा नजाने तर आफ्नै नेतृत्वमा सरकार बन्ने अवस्था आएमा वा राष्ट्रिय सहमतिको सरकार बन्ने अवस्थामा भने सहभागी हुने वक्तव्यमा उल्लेख छ।

जसपाको कार्यकारिणी समितिको बैठक जेठ ८ र ९ गते बोलाउन महन्थ ठाकुर र उपेन्द्र यादव सहमत भएका छन्। यसअघि ठाकुर पक्षले राजेन्द्र महतोलाई संसदिय दलको नेतामा चयन गरेको थियो।यो सहमति अनुसार महतोको उक्त पद पनि गुमेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु