गृहपृष्ठ जापानमा भूकम्प गयो
जापानमा भूकम्प गयो

जापानमा शनिबार ७ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको छ।फुकुसिमा प्रिफेक्चरलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन्।
स्थानीय समयअनुसार राति ११ बजेर ८ मिनेटमा गएको उक्त भुकम्पबाट कुनै क्षति भएको विवरण भने उल्लेख गरिएको छैन।
सुनामीको सम्भावना नभए जनाइए पनि तटीय क्षेत्रमा रहेकाहरुलाई उच्च स्थानमा जानका लागि पूर्वजानकारी दिइएको सञ्चार माध्यमहरुले खबर लेखेका छन्।
इपिसेन्टर फुकुसिमा तथा मियागी प्रान्त, कान्तो लगायत क्षेत्रहरुमा समेत ठूलो धक्का महसुस भएको सञ्चार माध्यमले उल्लेख गरेका छन्।