गृहपृष्ठ जापानमा रुपन्देहीकी एक महिलाको असामयिक निधन
जापानमा रुपन्देहीकी एक महिलाको असामयिक निधन
कान्सर रोगबाट पीडित थापाको निधनले जापान स्थीत नेपाली समुदाय चिन्तित

जापानको राजधानी टोकियोस्थित कोइवामा एक नेपाली महिलाको निधन भएको छ। नेपालको रूपन्देही रुद्रपुर घर भई जापानमा परिवारसंगै बस्दै आएकी ईशा थापा क्यान्सरको उपचारको क्रममा निधन भएको हो।
७ वर्षअघि श्रीमानको डिपेन्डेनमा जापान आएकी थापाको में २६ तारिख बिहान पेट क्यान्सारको कारण उपचारको क्रममा निधन भएको हो। एक छोरा र श्रीमानसँगै बस्दै आएकी मृतक ३६ वर्षीय थापा
विगत ६ बर्ष देखि क्यान्सर जस्तो घातक रोग सँग लडि रहेकी थिईन्।
नेपालमा थापाको पेटमा लागेको क्यान्सर रोगको सफल उपचार गरिएको थियो। जापान आएपछि पनि थापा बिरामी भएपछि जापानको टोकियो कु कोईवामा रहेको एदोगावा क्यान्सर हस्पिटलमा केमो थेराईपीद्वारा उपचार गरिरहेको थियो।
बुधबार साँझबाट स्वास्थ्यमा झन समस्या भैइ सास फेर्न कठिन भएपछी अस्पतालले परिवारलाई भेंटन बोलाएको थियो।
लामो समय क्यान्सरसँग लडिरहेकी थापाको बिहिबार बिहान अस्पतालले मृत घोषणा गरेको थियो।