२०७९ चैत १८ गत शनिवार | April 01, 2023

गृहपृष्ठ ज्ञान र शिप लिएर स्वदेश फर्कन युवाहरुलाई आग्रह गर्दछु :मन्त्री विश्वकर्मा

ज्ञान र शिप लिएर स्वदेश फर्कन युवाहरुलाई आग्रह गर्दछु :मन्त्री विश्वकर्मा

गैरआवासीय युवाको पहिचान सामाजिक, राष्ट्र निर्माणमा युवा अभियान” भन्ने नारा लिएर युरोप क्षेत्रका ५ वटा एनसीसीका युवा संयोजकहरुको साथमा सामाजिक क्रियाकलापमा हातेमालो गर्दै आज डिसेम्बर १९ तारिख शनिबारका दिन भर्च्युअल रुपमा कार्यक्रम सम्पन्न भएको छ।

युवा तथा खेलकुद मन्त्री माननीय जगत बहादुर सुनारको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा गैरआवासीय नेपाली संघका केन्द्रीय अध्यक्ष कुमार पन्तको विशेष आतिथ्य र युवा संयोजक हिमाल गुरुङको पनि आतिथ्यता रहेको थियो।

कार्यक्रमको प्यानलिष्टमा नेपालका चर्चित सामाजिक अभियान्ता रमेश प्रसाईंको (प्राविधिक समस्या देखिएकाले आफ्ना भनाइहरु राख्न नसक्नु भएको आयोजक बाट जानकारी ), ब्लाईण्ड रक्स संस्थापक श्रृष्टि केसी र डेनमार्कबाट कलरफुल स्याडोजकी संस्थापक अनुजा गौतमले आ-आफ्ना प्रतिवेदन प्रस्तुत गर्दै सहभागीहरुलाई मन्त्रमुग्ध बनाएका थिए।

आफ्नो प्रस्तुति राख्दै अनुजा गौतमले महिला भएकै कारण त्यसमापनि अपाङ्ग हुनुपरेको अवस्थामा समाजले हेर्ने दृस्टीकोण बदल्नुपर्ने र राज्यले आत्मनिर्भर, काम र शिक्षामा समान अवसर दिइनुपर्ने औल्याउदै दृस्टीबिहिन हुनुपरेकै कारण बैंकमा भोगेको तितो ब्यबहारको अनुभब राखेकी थिइन्।

२०१६ मा स्थापना गरेको कलरफुल स्याडोज २०१६ कै एनआरएनएको युरोपियन भेलामा प्रस्तुत गरेको प्रस्तुतिकणबाट पाएको माया सदा रहिरहने भन्दै एनआरएनए अभियन्ताहरु बाट पाएको सहयोग र समर्थनको प्रशंसा गरेकी थिइन्। सबैको सानो त्याग र सहयोगले नेत्रहिन समुदायमा ठुलो प्रेरणा र गर्व मिल्नेछ अनुजाले भनिन्।

जीवन मरण एउटा चक्र हो युवाहरुको तीनवटा सी ( Challenge , Chance , Change ) ले युवाहरुलाई अवसर प्राप्त हुनेमा दुई मत नरहेको र युवा एकतामा बल हुने भन्दै युवाहरुमा मन र मुटु देखिननै सपना देख्न आग्रह ब्लाइन्ड रककि सृस्टि केसीले व्यक्त गरेकी थिइन् ।एक थोपा पानी समुन्द्रमा बिलाएर जान्छ तर त्यहि एक थोपा पानी पातमा राखेमा चमक दिने भएकाले हामी पातमाथिको पानीवहुन चाहन्छौ, त्यसमा सबैको सकारात्मक सोच हुन जरुरि छ भन्ने सृस्टिको बिचार थियो।

नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री माननीय जगत बहादुर बिस्वकर्माले नव नेपाल निर्वाणमा युवाहरुको सहभागितामा अपरिहार्य रहेको भन्दै युवाहरुले आ-आफ्नो सिप र ज्ञान बोकेर मातृभुमि फर्कन आग्रह गरेका थिए भने नेपाल सरकारले युवाहरुका लागि अवसरका श्रीजनाहरु गरेको जनाकारी गराउदै आयोजकलाई शुभकामना साथै धन्यबाद दिएका थिए।

त्यसैगरी बिशिस्ट अतिथि एनआरएनए केन्द्रीय अध्यक्ष कुमार पन्त, नर्डिक रिजनका महामहिम राजदुत युब नाथ लम्साल, एन आर एनए आइ . सी. सी युवा संयोजक हिमाल गुरुङ र पत्रकार महासंघ युरोप शाखाका अध्यक्ष केजिन राई लगायतले शुभकामना मन्तब्य राखेका थिए।

बेलायतको समय १२ बजे, युरोप ब्रसेल्सको १ बजे दिउसो र नेपाली समय १७:४५ मा सुरु भएको उक्त कार्यक्रमको अध्यक्षता युके एनसीसी अध्यक्ष पुनम गुरुङले गरेकी थिइन् भने स्वागत मन्तब्य एन सी सी आयार्ल्यान्ड्सका अध्यक्ष मिलन छन्त्यालले गरेका थिए। कार्यक्रमको संचालन अष्ट्रीयाका युवा संयोजक दिनेश वैद्यबारले गरेका थिए। युरोप भित्रका विभिन्न देशका पत्रकारहरुको उल्लेख्य सहभागिता थियो।

कार्यक्रम पूर्णरुपमा कलरफुल स्याडोजको प्रोजेक्टको लागि केही स्वच्छाले आर्थिक सहयोग संकलन गर्नेपनि ब्यागराउण्डको योजना रहेको कार्यक्रमका जिम्मेबार व्यक्तिले जानकारी गराए। कबोल गरिएको रकम डिसेम्बर २५ तारिख भित्र एनआरएनए एन सी सी डेनमार्कको खातामा जम्मा गरिदिनका लागि पनि अनुरोध गरिएको छ। कार्यक्रममा ५ वटै एनसीसीका पदाधिकारीहरु र अन्य धेरै सामाजिक अभियान्ताहरुको पनि सहभागिता रहेको थियो।

विभिन्न एनसीसीका अध्यक्ष, युवा संयोजक र अन्य पदाधिकारीहरुको विशेष पहलमा सुरु भएको यस प्रकारको सामाजिक क्रियाकलापले युरोपमा एउटा छुट्टै उचाई लिने कार्यक्रम हुनसक्ने अनुमान गर्न थालिएको देखिन्छ।

दुई अथवा त्यो भन्दा धेरै एनसीसी मिलेर गर्ने यस्ता क्रियाकलापले भोलीका दिन ठूलाठूला सामाजिक अभियान गर्न अन्य एनसीसीहरुलाई पनि अभिप्रेरित गर्नसक्छ आयोजकले बताएको छ। कार्यक्रमलाई एनआरएनएको फेसबुक पेज र अन्य पेजहरुबाट प्रत्यक्ष प्रसारण गरिएको थियो।

विभिन्न एनसीसीका अध्यक्ष, युवा संयोजक र अन्य पदाधिकारीहरुको विशेष पहलमा सुरु भएको यस प्रकारको सामाजिक क्रियाकलापले युरोपमा एउटा छुट्टै उचाई लिने कार्यक्रम हुनसक्ने अनुमान गर्न थालिएको देखिन्छ । दुई अथवा त्यो भन्दा धेरै एनसीसी मिलेर गर्ने यस्ता क्रियाकलापले भोलीका दिन ठूलाठूला सामाजिक अभियान गर्न अन्य एनसीसीहरुलाई पनि अभिप्रेरित गर्न सक्नेछ।

युके, अष्ट्रीया, डेनमार्क, स्पेन र आयर्ल्याण्डका गैरआवासीय नेपाली संघहरु र नेपाल पत्रकार महासंघ युरोप शाखा मिलेर गरिने यस कार्यक्रमको व्यापक चर्चा हुन थालेको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु