२०७९ चैत १४ गत मंगलवार | March 28, 2023

गृहपृष्ठ ज्वोरो आएपछि सल्यानका एकै घरपरिवारका ५ जना अस्पताल भर्ना

ज्वोरो आएपछि सल्यानका एकै घरपरिवारका ५ जना अस्पताल भर्ना

सल्यानमा भारतबाट आएका एकैघरका ५ जनालाई जिल्ला अस्पताल सल्यानको क्वारेन्टाइनमा राखिएको छ । उनिहरुले आफुलाई कोरोनासंग मिल्दोजुल्दो लक्षण देखिएको बताएपछि आइतबार राति जिल्ला अस्पतालको क्वारेन्टाइनमा राखेर उपचार सुरु गरिएको छ ।

जिल्लाको पश्चिम क्षेत्रमा रहेको बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर १२ निगालचुला माझखर्कका उनिहरु भारतको सिम्लामा मजदुरी गरेर १० चैत्रमा घर फर्किएका थिए । ३६ बर्षिय पुरुषलाई घर आएपछि ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्न शुरु गरेको थियो । उनलाई ज्वरो सन्चो हुनुको साटो घरमा रहेका २७ बर्षिया श्रीमति, ११ बर्षिया छोरी, ८ बर्षिय र ५ बर्षिय छोरालाई समेत ज्वरो आउन थालेको उनिहरुले बताए पछि अस्पताल भर्ना गरिएको हो ।

कोरोनासँग मिल्दो लक्षण छैन : अस्पताल

यता जिल्ला अस्पताल सल्यानका प्रमुख डाक्टर अर्जुन बुढाले उनिहरुलाई क्वारेन्टाइनमा राखिएपनि अवस्था सामान्य भएको बताएका छन् । उनिहरुको ज्वरो जाँच गर्दा नर्मल देखिएको र कोरोनासँग मिल्नेखालको लक्षण खासै नदेखिएको उनले बताए।

उनिहरुको ल्याव परिक्षणको लागि आज स्याम्वल लिइने र प्रादेशिक स्वास्थ कार्यालय सुर्खेत मार्फत काठमाडौं पठाइने उनल बताए । अहिले जिल्ला अस्पताल सल्यानको २ वटा क्वारेन्टाइनका ५ वटा बेडमा उनिहरुलाई राखिएको छ ।

बिरामी छुन डर मान्छन् स्वास्थ्यकर्मी र चालक

बिरामी भएका उनिहरु ज्वोरो आउनसाथ सुरुमा निगाल्चुलामा रहेको स्वास्थ्य चौकीमा जाँच गराउन पुगे । तर कोरोनाको आशंका भएपछि त्यहाँ उपकरणको अभावमा जाँच गर्न नसकिएको निगाल्चुला स्वास्थ्यचौकी प्रमुख बिरेन्द्र केसी बताउँछ । “उहाँ भारतबाट आएपछि ज्वरो आउने टाउको दुख्ने खोकी लाग्ने शुरु भएको जानकारी भएको थियो तर हाम्रो स्वास्थ्य चौकीमा उपकरणको नाममा मास्क समेत छैन उहाँलाई औषधी दिएपनि ज्वरो नाप्न सकिएको थिएन,” उनले भने ।

त्यस्तै उनिहरुलाई जिल्ला अस्पताल पुर्याउनका लागि लामो प्रयास गरेपनि गाडी तथा एम्बुलेन्स चालकहरू पीपीइ नहुँदा आफुहरुले बिरामी बोक्न नसक्ने बताए । आइतबार राति मात्रै उनलाई श्रीनगरमा रहेको कान्तिपुर सामुदायिक हस्पिटलको गाडी मार्फत अस्पतालमा पठाईएको पछि जिल्ला अस्पताल पठाइएको १२ नम्बरका वडाध्यक्ष गोविन्द डाँगीले बताए ।

अहिले जिल्ला अस्पताल सल्यानमा ५ वटा आइसुलेसोन र १५ वटा क्वारेन्टाइन बनाइएको छ । त्यस्तै स्वास्थ्यकर्मीले प्रयोग गर्ने १५ वटा पीपीई अस्पताल आफैंले खरिद गरेको छ भने ५ वटा कर्णाली प्रदेश सरकारले हस्तान्तरण गरेको छ ।

श्रोत :लेकाली अनलाइन

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु