२०७९ वैशाख २९ गते बिहीवार | May 12, 2022

Bharat Poudel

गृहपृष्ठ झरना थापाको नेपाली फिल्म ए हजुर ४ ले पहिलो सातामा कमायो ४ करोड

झरना थापाको नेपाली फिल्म ए हजुर ४ ले पहिलो सातामा कमायो ४ करोड

झरना थापाको निर्देशनमा बनेको फिल्म ‘ए मेरो हजुर ४’ले पहिलो साता ४ करोड १० लाख रुपैयाँको कमाइ गरेको छ। फिल्मको निर्माण पक्षले पहिलो साताको कमाइ ४ करोड १० लाख भएको जानकारी सार्वजनिक गरेको हो।

थापाको निर्देशनमा बनेको फिल्म गत साता बिहीबारदेखि प्रदर्शनमा आएको थियो। दक्षिण भारतीय फिल्म ‘केजीएफ २’सँगै सिनेमा हलमा लागेको फिल्मलाई नेपालका हलहरुमा तुलनात्मक रुपमा कम शो दिइएको थियो।

अनमोल केसी, सलोन बस्नेत र सुहाना थापाको मुख्य अभिनय रहेको यो फिल्म झरना थापाले निर्देशन गरिरहेको पछिल्लो श्रृङ्खलाकै निरन्तरता हो।

फिल्म सुहाना इन्टरटेनमेन्ट र सुनिल कुमार प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो। फिल्मको कथा निर्देशक थापा र स्वर्गीय छेतन गुरुङले लेखेका हुन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु