गृहपृष्ठ डाक्टर खड्काले गरे एनआरएनए युरोप क्षेत्रको संयोजक पदमा उम्मेदवारी घोषणा
डाक्टर खड्काले गरे एनआरएनए युरोप क्षेत्रको संयोजक पदमा उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघको आगामी १७-२० अक्टोबरमा हुने ११ औं महाधिवेशन र निर्वाचनको लागि एनआरएनए युरोप संयोजक पदका लागि चेक गणतन्त्रका डा. चिरञ्जीवी खड्काले उम्मेदवारी घोषणा गरेका छन् ।
सामाजिक संजाल मार्फत एक अपील प्रकाशित गर्दै हाल आसिसी सदस्य रहेका डा. खड्काले युरोप क्षेत्रको संयोजक पदमा उम्मेदवार हुने जनाएका हुन् ।
डा. चिरञ्जीवी खड्काको उम्मेदवारी घोषणाअपील !
सम्पूर्ण गैरआवासीय नेपाली अभियन्ताज्यू तथा मित्रहरू, नमस्कार।
गैरआवासीय नेपाली अभियानको शुरूआति काल देखिनै म सक्रिय रहदै आएको छु। यस अभियानमा म एनसीसी चेक रिपब्लिकको दुई पटक अध्यक्ष र आईसीसी सदस्य भएर काम गरीसकेको छु। आईसीसी मिडिया तथा प्रकाशन समिति को सदस्य सचिव, क्षेत्रीय सम्मेलन आयोजक स्टेरिङ कमिटिको सदस्य सचिव र विँभिन्न कार्यदलको सदस्य भई धेरै अनुभव समेत बटुलेको छु। म पेशाले वैज्ञानिक पदमा ग्लोबल चेन्ज रिसर्च इन्स्टिच्युट, चेक रिपब्लिक तथा राष्ट्रिय अन्तराष्ट्रिय निकायमा कन्सलटेन्ट रुपमा कार्य गरिरहेको छु । गैरआवाशिय नेपाली संघ जस्तो संस्थाको संरचनागत र संस्थागत विकासका बिषयहरूमा समेत मैले धेरै अनुभव हासिल गरेको छु। यो संस्थालाई कसरी आत्मनिर्भर, प्रभावकारी, ब्यबहारीक र अझ बृहद बनाउन सकिन्छ भन्ने स्पष्ट मार्ग चित्र सहित म आगामी कार्यकाल २३-२५ को लागी यूरोप क्षेत्रीय संयोजक पदमा रहेर कामगर्ने दृढ प्रतिबद्धता सहित आकांक्षीको रूपमा प्रस्तुत भएकोछु। तपाईहरूको साथ र सहयोगको लागी म विनम्र अनुरोध गर्दछु।
खास गरी आईसीसी सदस्यहरूलाई प्रभावकारी रूपमा अभियान संग जोड्ने, क्षेत्रीय परिषदलाई संरचनागत रूपमा ब्यवस्थित गर्ने, राष्ट्रीय समन्वय परिषदहरूलाई अधिकतम अधिकार सम्पन्न गराउदै केन्द्र प्रति उत्तरदायि बनाउने, सबै क्षेत्रहरूमा क्षेत्रीय कोषलाई फाउन्डेशन मार्फत ब्यवस्थापन गर्ने, राष्ट्रीय समन्वय परिषदहरूमा सदस्यता वितरण र निर्वाचन प्रक्रियालाई थप ब्यवस्थित गर्ने, केन्द्रीय सचिवालयलाई क्षेत्रीय गतिविधिहरूमा अधिकतम प्रयोग गर्न विभाग बनाई कामगर्ने, सचिवालय बैठक देखि क्षेत्रीय सम्मेलन सम्मका गतिविधिहरूलाई थप ब्यवस्थित गरी सबैको अधिकतम सहभागिताको सुनिश्चितता गर्ने, पर्यटन र नेपाली उत्पादनको प्रबर्धनलाई राष्ट्रीय समन्वय परिषदहरूको स्थाई कार्यक्रमको रूपमा स्थापित गराउने लगायतका थुप्रै कामहरूमा म योगदान गर्न चाहान्छु र त्यसकालागी आवश्यक अनुभव समेत बटुलेको छु भन्ने विश्वास सहित आगामी कार्यकाल २३-२५ मा केन्द्रीय ज़िम्मेवारीमा रहेर काम गर्ने ईच्छा जाहेर गर्दछु। मेरा प्रतिबद्धताहरू म पछि छुट्टै सार्वजनिक गर्नेँछु। पुनः आफ्नो अमूल्य मत, साथ र सहयोग दिनुहुने छ भन्ने विश्वास ब्यक्त गर्दँछु। हार्दिक धन्यवाद ।
डा. चिरन्जिवी खड्का,
चेक रिपब्लिक
यूरोप क्षेत्रीय संयोजक पदको उम्मेदवार (२०२३-२५)
हाल: आईसीसी सदस्य चेक रिपब्लिक (२०२१-२३)