२०८० मंसिर २४ गत आइतवार | December 10, 2023

गृहपृष्ठ डा.नवराज रोसायारा,जसले स्पष्ट र मन जित्ने भिजनका साथ एनआरएनए केन्द्रीय सचिवमा उम्मेदवारी दिदै

डा.नवराज रोसायारा,जसले स्पष्ट र मन जित्ने भिजनका साथ एनआरएनए केन्द्रीय सचिवमा उम्मेदवारी दिदै

डा.नवराज रोसायारा साधारण व्यक्तित्व।हेर्दा लाग्छ कस्तो साधारण जीवन होला।तर डा.रोसायाराप बिचारमा बौद्धिकताले निपुण छन्।उनै उर्जाशिल व्यक्तित्व यतिखेर यतिखेर एक चुनावी अभियानमा छन्।

त्यो पनि प्रवासमा रहेको नेपालीहरुको साझा सस्था गैर आवासीय नेपाली संघ केन्द्रको सननिकटमा चुनाव हुँदै छ।लामो समयदेखि एनआरएनए अभियानमा संलग्न डा.रोसायाराले केन्द्रीय सचिवमा उम्मेदवारी घोषणा गरेका छन्।उनका मुद्दा  सर्टिक र स्पष्ट छन्।

कुनै नेपालीहरु दुबिधामा पर्नु नपर्ने ,सोझो बुझिने र कार्यान्वयन गर्न सकिने भिजनका साथ उनले उम्मेदवारी दिने तयारी गरेका छन्।खासगरी उनका एजेन्डाहरू यसपालि दुइटा छन्, संस्थाको डिजिटलाइजेसन र हरेक देशमा विदेशीहरू समेत समेटेर नेपाल फ्रेन्डसिप काउन्सिल बनाउने। डा.रोसायाले भिजन र सर्टिक मुद्दाका आधारमा उम्मेदवारलाई मत दिन विशेष अपिल समेत गरेका छन्।

‘निर्वाचनमा छान्न मिल्ने ६ जना, त्यस भित्र मत दिन उनले प्रतिनिधिहरुलाई विशेष अनुरोध गरेका छन्।

रोस्याराले आफू सबै किसिमका समूहसँग हातेमालो गर्दै सहकार्य गर्न सक्ने र कुरा कम, काम बढी गर्ने व्यक्ती भएको दाबी गरे।

उनले गर्नुपर्ने कामहरूको खाका नै बनाएका छन्।डिजिटलाइजेसनको आवश्यकता किन भन्ने विषयमा उनले आफ्नो अवधारणा यसरी प्रस्तुत गरेका छन् ।

हेरौं उनको अबधारणा यस्तो छ:

‘हामीलाई अहिले आइटी मैत्री, सक्षम र निष्पक्ष तथा सबै सँग सहकार्य गरी अघि बढ्ने नेतृत्वको खाँचो छ। त्यस्तै मैले हिजो देखी नै गैर आवासीय नेपाली संघको अभियानमा विदेशी मित्रहरूलाई पनि समावेश गर्नको लागि विशेष योजना अघि सारेको छु किनकि यो कुरा अत्यन्त आवश्यक छ।’ रोस्याराले भने।

‘यी नै मुद्दाहरूको नेतृत्व गर्न म यहाँहरू समक्ष आइसिसी सचिवको उम्मेदवारको रूपमा मत मागी रहेको छु। यहाँहरूको सल्लाह र सुझावको अपेक्षा मेरा लागि निकै नै महत्त्वपूर्ण हुनेछन्।’ रोस्याराले चुनावी अपिलमा भनेका छन्।

‘हामीले नेपालको र नेपाली समुदायको सम्मृद्धिको पवित्र सपना बोकेका छौ भने यो वा त्यो समुदाय , पार्टी वा धर्म र क्षेत्रको नभनी सबैलाई केवल नेपालीको रूपमा हेरेर मूल्याङ्कन गरी दिनुहुन विनम्र अनुरोध गर्दछु।’ रोस्याराले भनेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु