२०८० जेठ २० गत शनिवार | June 03, 2023

गृहपृष्ठ तथ्यले भन्छः ‘कालापानीको जागरण ल्याउने बामदेव योगेशहरु नै हुन्’

तथ्यले भन्छः ‘कालापानीको जागरण ल्याउने बामदेव योगेशहरु नै हुन्’

सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी सहितको क्षेत्र समेटेर नयाँ नक्सा सार्वजनिक गरेसंगै कालापानी सहित अतिक्रमित भूमी फिर्ता सम्बन्धि अभियान र सफलताको जसको होडवाजी सुरु भएको छ । सामाजिक सञ्जाल र देशी विदेशी सञ्चार माध्यममा प्रधानमन्त्री केपी शर्मा ओलीको चर्चा चुलिँदै गर्दा कालापानी जागरणका खास योद्धाहरु ओझेल परेको चर्चा पनि चल्न थालेको छ ।

सामाजिक सञ्जालमा एकलौटी रुपमा प्रधानमन्त्रीलाई जस दिएपछि नेकपाका उपाध्यक्ष बामदेव गौतमले प्रतिक्रिया दिनुभयो : नेकपाको निर्णय कार्यान्वयन भयो, सामूहिक रुपमा सबैले गरेका कामहरुको परिणामस्वरुप नक्सा सार्वजनिक हुनु स्वागतयोग्य कदम हो भनेर प्रतिक्रिया दिनुभयो ।

यसपछि कालापानीमा जस लिन होडवाजी गरेको भन्दै सुरु भयो बामदेवको आलोचना । चुनाव हार्ने अनि जस खोज्ने सम्मका टिप्पणीहरु गौतमको नाममा खनिए । सरकारको निर्णयमा गौरव गर्दै पर्यटनमन्त्री योगेश भट्टराईले सामाजिक सञ्जालमा राष्ट्रियता जागरणका लागि कालापानी मार्चको तस्विर राखेर इतिहासले सम्झिने दिनको रुपमा सरकारको निर्णयमा गौरव गर्नुभयो। उहाँका लेखाई र तस्विरहरुले उहाँको भावुकता र गर्व अनुभव गर्न सकिन्थ्यो तथ्यसंगत रुपमा ।

बामदेव गौतमको र मन्त्री भट्टराईको सामाजिक सञ्जालको प्रतिक्रियासंगै सामाजिक सञ्जालमा दशकअघिका इतिहास छरपष्ट प्रस्तुत भए गौरवगाथाको संगालोका रुपमा । ०५४ सालको पार्टी विभाजनको पीडाले लामो समय नेपाली कम्युनिष्ट आन्दोलनमा असर गरेपनि राष्ट्रियताको लडाइमा अहिलेको अवस्था त्यो बेलाको राष्ट्रवादी आन्दोलनको उपलब्धि भएको निश्कर्षमै बर्तमान नेपाल कम्युनिष्ट पार्टीका नेताहरुले टिप्पणी गर्नुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा विदेश विभागका उपप्रमुख विष्णु रिजालले कालापानीको जागरण बामदेव गौतमले ल्याउनुभएको दावी गर्नुभएको छ । रिजालले सामाजिक सञ्जालमा लेख्नुभएको छ महाकालीका बारेमा विवाद उत्पन्न भएपछि आफ्नो राजनीतिलाई नै दाउमा लगाउन पछि नपर्नुभएका गौतमले योगेश भट्टराईको नेतृत्वमा आफ्नो विद्यार्थी संगठनलाई कालापानी मार्चमा पठाएर जनतामा ुयो हाम्रो भूभाग होु भनेर चेतना ल्याउन ठूलो खतरा मोल्नुभएको थियो ।

नेता रिजालले कालापानीलाई भारतसँग कुरा गरेर पहिलो पटक ‘विवादित भूमि’ भन्नका लागि मञ्जुर गराउने पनि वामदेव गौतम नै भएको तथ्य प्रस्तुत गर्नुभएको छ । रिजालका अनुसार गौतमले  सन् १९९७ मा तत्कालीन भारतीय प्रधानमन्त्री इन्दरकुमार गुजराल नेपाल आएका बेला वार्तामा कुरा उठाएर भारतले उपयोग गर्दै आएको हाम्रो भूमि कालापानी र लिपुलेकलाई ‘विवादित भूमि’का रुपमा भारतलाई स्वीकार गराउन लगाउनुभएको थियो ।

यस्तै नेकपा केन्द्रीय सदस्य तथा अनेरास्ववियुका पूर्व अध्यक्ष ठाकुर गैरेले पनि नक्सा सार्वजनिक भएको खुसीलाई कालापानी मार्चसंग जोडेर गौरव गर्नुभएको छ । गैरेले लेख्नुभएको छ-

‘खुसीको कुरा लिम्पियाधुरा लगाएत भारत द्वारा अतिक्रमित भुमी समेटेर नेपाल सरकारले नयाँ नक्सा प्रयोगमा ल्याएको छ। २०५५ सालमा अनेरास्ववियुले कालापानी मार्च गर्दा पशुपति नगर देखी लिम्पियाधुरा सम्म अतिक्रमित स्थान हरु अन्कित नक्सा सहितको पोस्टर बनाइएको थियो जुन यस्तो रहेछ। (पोष्टर संलग्न छ) ‘

नेकपा केन्द्रीय सदस्य, सांसद तथा अनेरास्ववियुकी पूर्व अध्यक्ष रामकुमारी झाँक्रीले पनि कालापानी मार्च र विद्यार्थी आन्दोलनको गरिमाप्रति गर्व गर्दै नक्सा निर्णयको स्वागत गर्नुभएको छ । उहाँले लेख्नुभएको छः
आज नेपाल सरकारले जुन भूभाग समेटेर नक्सा छाप्यो त्यो नक्सा एउटा आन्दोलन रुपमा, राष्ट्रिय जागरणको लागि अनेरास्ववियूले सन्दर्भः कालापानी मार्च (२०५५ जेठ २२ असार १२) सीमा सुरक्षा अभियान, मातृभूमीको सन्देश लगायतका अभियान संचालनको बेला २०५५ सालमै पोस्टर रूपमा छापेको थियो। हामीले संचालन गरेको त्यो आन्दोलनको मुद्धामा आज राष्ट्रिय सहमति कायम गर्न सफल भयौं।एकदमै खुसी लागेको छ। अरू कोही भन्दा सायद हामीहरू नै धेरै खुसी छौं। राष्ट्रिय स्वार्थका मुद्धामा मुलुकलाई अझै एकतावद्ध गर्न आवश्यक छ।

यस्तै नेकपाकै केन्द्रीय सदस्य नविना लामाले पनि तत्कालीन नेकपा माले निकट विद्यार्थी संगठन अनेरास्ववियुमा रहेर कालापानी मार्च लगायत भारतले अतिक्रमण गरेका ६२ स्थानमा पुगेर अनेरास्ववियुले झण्डा फहराएको स्मरण गर्दै नक्सा सार्वजनिक भएकोमा गौरव गर्नुभएको छ । फूटले पार्टीलाई घाटा पुगेको भएपनि राष्ट्रियताको जागरणका लागि महत्वपूर्ण भएको स्मरण गर्दै लेख्नुभएको छ: पार्टी विभाजनले कम्युनिष्ट आन्दोलन, देश र तत्कालीन एमाले पार्टीलाई ठुलो नोक्सान त पक्कै भयो। अर्कोतीर त्यों बेलाको माले निकट अखिलमा रहंदा बिधार्थीको लागी ३३५ मुद्दा उठाएको, कालापानी मार्च अभियान, भारतले मिचेको ६२ स्थानमा गरिएको भ्रमण अनि एक महिनौंको सीमा सुरक्षा सुरक्षा अभियान,प्रवीण गुरुंगको हत्याको बिषयमा दरबारलाई हस्ताक्षर संकलन गरेर बुझाईएको बिषय, सार्वजनिक शिक्षाको मुद्धा उठान गरी इतिहास रचेको थियों। त्यो आन्दोलनको एक सक्रीय सदस्यको हैसियतमा आफुलाई सहभागी भएको सम्झंदा आज गर्वको अनुभुति हुन्छ। उक्त समयका अग्रज आन्दोलनकारी, नेतृत्वगणहरुले ति दिनहरू स्मरण गरेको देख्दा म पनि आज अनायासै उनै दिनहरुको संम्झना गर्न पुगेछु।

नेकपाका अर्का केन्द्रीय सदस्य  सुरेन्द्र मानन्धरले पनि कालापानी सहितका नक्साहरु फेसबुकमा राखेर कालापानी मार्चको इतिहासमा गौरव गर्नुभएको छ । उहाँले लेख्नुभएको छ : २०५५ साल जेष्ठ २२ देखि असार ५ गतेसम्म सम्पन्न कालापानी अभियानका साना साना घटना र कष्टहरु मानसपटलमा घुमी रहेका छन। सच्याएर नेपालको नक्सा प्रकाशित गरेकोमा नेपाल सरकारलाई धन्यबाद। प्रकाशित नक्सा अनुसार व्यवहारिक रुपमै कालापानी, लिपुलेक र लिम्पियाधुरामा हाम्रो हक रहेको कुरा विश्वलाई बुझाउन थप तदारुकता देखाउने काममा समेत शिघ्र सफलता मिलोस। यसका लागि जुनसुकै योगदान गर्न नेपाली जनता तयार छन।

नक्सा निर्णयसंगै कालापानीको विषयमा जस लिन नेताहरुले तस्विर र शब्दहरु आफ्नै तरिकाले प्रस्तुत गरे । धेरैका स्टाटसहरु हेरियो तर कालापानी मार्चका फिल्ड कमाण्डर अर्थात विद्यार्थीलाई मोटिभेट गरेर लैजाने एक नेता रविन्द्र अधिकारीलाई कसैले सम्झेनन् सायद उहाँ भएको भए सबैभन्दा खुसी उहाँ हुनुहुन्थ्यो होला एक विद्यार्थी नेताले कुराकानीको सन्दर्भमा भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु