२०८० मंसिर २४ गत आइतवार | December 10, 2023

गृहपृष्ठ तनहुँ उपनिर्वाचनमा रास्वपाबाट वाग्लेले दिने भए उम्मेदवारी

तनहुँ उपनिर्वाचनमा रास्वपाबाट वाग्लेले दिने भए उम्मेदवारी

तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले उम्मेदवार हुने भएका छन्। नेपाली कांग्रेसबाट उपचुनावमा टिकट नपाएपछि वाग्ले रास्वपाबाट उम्मेदवार भएका हुन्।

रास्वपाका नेता अरनिको पाण्डेले वाग्ले तनहुँ १ बाट उम्मेदवार भएको पुष्टि गरे।

सामाजिक सञ्जाल ट्वटीरमा लेख्दै पाण्डेले रास्वपाबाट वाग्ले उम्मेदवार भएको उल्लेख गरे। वाग्लेले आजै पार्टी परित्याग गरेलगत्तै रास्वपाले उम्मेदवार बनाएको हो।

कांग्रेसबाट गोविन्द भट्टराई उम्मेदवार हुने भएपछि वाग्लेले टिकट नपाएका हुन्।

आगामी वैशाख १० गते हुने उपचुनावमा कांग्रेसका भट्टराई, रास्वपाका वाग्ले र एमालेबाट सर्वेन्द्र खनालबीच त्रिपक्षीय भिडन्त हुने भएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु