२०८० असोज १० गत बुधवार | September 27, 2023

गृहपृष्ठ तनहुँ समाज पोर्चुगलको तेस्रो अधिवेशन सम्पन्न ,अध्यक्षमा विशाल लामिछाने ,सचिवमा सुरेन्द्र थापा चयन

तनहुँ समाज पोर्चुगलको तेस्रो अधिवेशन सम्पन्न ,अध्यक्षमा विशाल लामिछाने ,सचिवमा सुरेन्द्र थापा चयन

तनहुँ समाज पोर्चुगलको तेस्रो अधिवेशन पोर्चुगलको लिस्वनमा सम्पन्न भएको छ।

अधिवेशनले अध्यक्षमा विशाल लामिछानेलाई सर्वसम्मत चयन गरेको छ।उपाध्यक्षमा कल्याण पाण्डे ,महिला उपाध्यक्षमा सरिता सोती निर्वाचित भएका छन्।

त्यसैगरी सचिवमा सुरेन्द्र थापा,सहसचिवमा विश्वास थापा चयन भएका छन् भने कोषाध्यक्षमा येकिन्द्र क्षेत्री चयन भएका छन्।सह-कोषाध्यक्षमा भने सुरेश थापा निर्वाचित भएका छन्।

अधिवेशनले विभिन्न व्यक्तिहरुलाई कार्यसमिति सदस्यमा चयन समेत गरेको छ।नवनिर्वाचित टिमले समाज कल्याणका खातिर सशक्त रुपमा काम गर्ने विश्वास लिइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु