२०८० जेठ २२ गत सोमवार | June 05, 2023

गृहपृष्ठ तमुधी बेल्जियमको ल्होसार पर्व सम्पन्न

तमुधी बेल्जियमको ल्होसार पर्व सम्पन्न

‘शास्त्र हराए संस्कृति हराउँछ संस्कृति हराए परम्परा हराउँछ परम्परा हराए मान्छे हराउँछ ‘ मूल नाराका साथ तमुधी बेल्जियमले तमुहरूको लोसार पर्व भव्य रूपमा बेल्जियमको सुन्दर सहर बेर्खेममा मनाएको छ।

संस्थाकी अध्यक्ष प्रविना गुरुङ एवं बेनेलक्ल तथा युरोपियन युनियनका लागि महामहिम राजदूत गेहेन्द्र राजभण्डारीद्वारा पानसमा द्विप प्रज्वलन गरी कार्यक्रमको उद्‍घाटन गरिएको थियो।

प्रमुख अतिथि बेनेलक्ल तथा युरोपियन युनियनका महामहिम राजदूत गेहेन्द्र राजभण्डारी, विशेष अतिथि एन आरएन बेल्जियमका अध्यक्ष खड्ग बहादुर के सी अन्य अतिथिहरूमा विभिन्न जातीय, क्षेत्रीय, वैचारिक संस्थाका अध्यक्ष तथा प्रतिनिधि एवं पत्रकारहरू थिए।

महामहिम राजदूत र प्रथम महिलालाई गुरुङहरूको परम्परागत पोषाक भाङग्रा र घलेक पहिराईदिएर समाजको अध्यक्ष प्रविना गुरुङ र समाजको जेष्ठ नागरिक श्रीप्रशाद तमुले सॅयुक्त रूपमा सम्मान गरे।

तमुधी बेल्जियमकी उपाध्यक्ष संगिता तमुस्योले स्वागत मनतन्यको क्रममा तमुहरुको महान चाड ल्होसार पर्व र नया वर्सको पावन अवसरमा देश बिदेशमा रहनु भएको सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरूलाई हार्दिक शुभकामना व्यक्त गर्दै बाघ वर्गलाई बिदाई गरी बिरालो बर्गमा प्रवेश गरेको बताइन्। आफ्नो भनाईहरू गुरूंग भाषामा र नेदरल्यान्समा पनि प्रष्ट पारिन्।

तमुधी बेल्जियमका महासचिब कमल गुरुङले पहिलो चरणमा औपचारिक कार्यक्रम सन्चालन गरेका थिए।

उक्त कार्यक्रममा भाषा संस्कृति संवर्दन र प्रवर्द्धन गर्न सधै जुटनु पर्ने, फुट्न नहुने भन्ने कुरामा जोड दिदै प्रवासी मन्च ओएनएफ बेल्जियमकी अध्यक्ष ईशा गुरुंगले घर फुटे गँवार लुटेको ऊदाहरण दिनु भयो।

स्वार्थले समाज विभाजन हुनुहुन्न। एकै मन्चमा बसेर एक छौ भन्ने सन्देश दिनुपर्छ।विगतका गल्ती सच्याउनुपर्छ भन्ने अध्यक्ष गुरूंगको कथन थियो।

तमुधी बेलिजियमका प्रमुख सल्लाहकार मनिस गुरूङले अनेकतामा एकतामा विविधता विविधतामा समानता भन्दै एकता र समानताविच सह -अस्तित्वको संदेश प्रवाह गरे।

उनले पन्चायतकालमा पहिलो पटक तमुधी स्थापना भएको समरण गरे। आफ्नो मातृसंस्था लाई भुल्नुनहुने र कुनै जाति र समुदायको विरुद्ध लाग्न नहुने बताए। विचार संस्थागत हुनुपर्छ। परम्परा एक्सचेन्ज हुनुपर्छ।

तर हराउँनु हुन्न। बिभिन्न समुदायको संस्कृतिलाई संरक्षण गर्नुपर्छ। लोप हुने अवस्थामा पुगेकालाई बचाउनुपर्छ भन्नु भयो।
आदिवासी जनजाति महासंघ बेल्जियमको उपाध्यक्ष मुना राईले परस्पर सहयोग गर्नु र राष्ट्र निर्माण गर्नु नै संस्था निर्माणको उद्देश्य हुनुपर्ने कुरामा जोड दिइन्।

विदेशमा दुख सुखमा संगै हुनुपर्छ र पर्दाको जन्ती मर्दाको मलामी हुनुपर्छ। आपसमा आक्षेप नलाइ सािस्कृतिक सामाजिक आर्थिक अवस्थालाई विकास गर्न
सभ्य भएर संस्था गठन गर्नुपर्ने बताइन्।

जनप्रगतीशिल मोर्र्चा युरोप अध्यक्ष विष्णु भुजेल – संस्था सांस्कृतिक मनोरन्जनमा सिमित नभई राजनीतिक धारमा पनि विकसित भएको बताए।

एनआरएन अध्यक्ष खड्ग बहादुर केसीले नेपाल बहु भाषा बहु संस्कृतिको धनी देश हो ।हामीले नयाँ पीढीलाई पनि संस्कार सिकाउनुपर्छ भन्नुभयो।

१२ बर्षमा बर्ग फेरेने बर्ग यस पटक बाघ बर्गको अन्त्य र नया बिरालो बर्गमा प्रवेश गरेको हुँदा बिरालो बर्गका तमुहरूलाई उनीहरूको सुस्वास्थ्य लागि परम्परागत पद्धतिअनुसार ) सुरक्षाको प्रतिक रूपा (धागो) लगाइएको थियो।
कार्यक्रमको दोस्रो चरणमा सास्कृतिक कार्यक्रमको संचालन आनन्द गुरुङले गरेका थिए।

दर्शकलाई मनोरञ्जन प्रदान गर्न पल्पसा डंगोललले मसँग बिहे गर्ने कोही छ ? भन्दै
बिहेको प्रस्ताव राखेर अतिथिहरूलाई आपतमा पारिन्। अतिथिहररूलाई जवाफ फर्काउन असजिलो महसुस भएको भान हुन्थ्यो। यति हुँदाहुदै पनि उनले राजदूतलाई पनि श्रीमतिसामु बिहेको प्रस्ताव राख्न छोडिनन्।
स्थानीय कलाकारहरू र बालकलाकारहरूको निकै आकर्षक प्रस्तुतिबाट कार्यक्रममा रौनकता थपेको थियो।

गुरुङ भाषाका सुमधुर गीतमा बिदेशी नागरिकहरू पनि झुमीझुमी नाचिरहेको दृश्य हेरिरहु लाग्ने किसिमको थियो भने अन्य समुदायका नेपालीहरूवे पनि गुरुङ भाषाको गीतमा नृत्य गरेका थिए।

उक्त कार्यक्रममा नेपालबाट आएका कलाकारद्वय मल्लिका महत र पाल्पसा डङ्गोलको निकै नै आकर्षक र अविस्मरणीय प्रस्तुति रह्यो।

मल्लिका महतले माया पिरती तनु शिरमाथि …गीत गाएर सबैलाई नचाउन सफल भइन्।

केही समय पहिला पल्पसाको स्वास्थ्य निकै जटिल भएपनि अहिले सामान्य भएको भान उसको निकै खरो प्रस्तुति बाट झल्कियो।

मै ठूली भैछु रे बोलको गीतमा छमछमी नाचेको देखेर खुसीले केही दर्शकको आखा पनि रसायो। केही बर्ष निकै सिकिस्त उनी यो अवस्थामा बेल्जियममा पर्फर्म गर्न आउँछन् भन्ने कल्पना उनका फ्यानहरूले सायदै गरेका थिए।

संस्थाकी अध्यक्ष प्रविना तमुस्योले
कार्यक्रम भव्य र सभ्य रूपमा सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्दै औपचारिक कार्यक्रम समापन गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु