२०८० असोज ९ गत मंगलवार | September 26, 2023

गृहपृष्ठ तमु धि बेल्जियमको अध्यक्षमा प्रविना गुरुङ तमु सर्वसम्मत चयन

तमु धि बेल्जियमको अध्यक्षमा प्रविना गुरुङ तमु सर्वसम्मत चयन

तमु धि बेल्जियमको दोस्रो अधिवेशन भब्य रुपमा सम्पन्न भएको छ। आइतबार एन्तवेरपेनमा भएको अधिवेशनले प्रविना गुरुङ तमुलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो।

अधिवेशनले गुरुङको नेतृत्वमा १० सदस्यीय कार्यसमिति चयन गरेको छ। उक्त अधिवेशनले उपाध्यक्षहरुमा क्रमशः संगीता तमु र आश बहादुर तमुलाई निर्वाचित गरेको छ भने महासचिवमा कमल तमु चयन भएका छन्।

त्यस्तै सचिवमा सन्जय तमु,कोषाध्यक्षमा अन्जना तमु र सह-कोषाध्यक्षमा सुष्मा तमु निर्वाचित भएका छन्।त्यसैगरी सदस्यहरुमा तारा तमु,इन्द्र तमु र सौमन तमु सर्वसम्मत निर्वाचित भएका छन्।

बेल्जियमका लागि नेपाली राजदुत गेहेन्द्र राज भन्डारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा विभिन्न संघ-सस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उल्लेख्य संख्यामा उपस्थिति रहेको थियो।

अधिवेशनले महासचिव र कोषाध्यक्षले पेश गरेको प्रगती प्रतिवेदन तथा आर्थिक प्रतिवेदन सर्वसम्मतरुपमा पारित गरेको छ।

सस्थाका अध्यक्ष नबिन तमुको सभापतित्वमा भएको उद्घाटन सत्रको संचालन जिमी गुरुङ तमु र अतिथिहरुलाई स्वागत मनिष तमुले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु