गृहपृष्ठ तरुण दलमा खरेलको आगमनले युवाहरुमा छायो उत्साह,केन्द्रिय सदस्य खरेललाई दिइयो बधाई तथा शुभकामना
तरुण दलमा खरेलको आगमनले युवाहरुमा छायो उत्साह,केन्द्रिय सदस्य खरेललाई दिइयो बधाई तथा शुभकामना

कृष्ण खरेल ,गुल्मी मुसिकोट नपा आँपचौर निवासी एक अग्रणी युवा।खरेल सामाजिक कार्यमा खटिने एक अन्तर्यामी व्यक्तित्व हुन्।अहोरात्र सामाजिक कार्यमा निरन्तर कृयासिल खरेल नेपाली काङ्ग्रेस निकट नेपाल तरुण दलको केन्द्रिय सदस्यमा चयन भएका छन्।
केन्द्रिय सदस्य खरेललाई गुल्मीका अग्रणी व्यक्तित्वहरुको अगुवाइमा एक कार्यक्रमको आयोजना गरी विशेष सम्मान तथा वधाई दिइएको छ।वरिष्ठ अधिवक्ता तारा प्रसाद सापकोटाको सभापतित्वमा संपन्न उक्त कार्यक्रममा उपस्थित काँग्रेस केन्दीय सदस्य चन्द्रबहादुर केसी, नेपाली काँग्रेस गुल्मीका पूर्व कार्यबहादुर सभापति रवि ज्ञवाली, नेपाल विद्यार्थी संघको पूर्व सहमहामन्त्री विष्णु पन्थी, नेपाली काँग्रेस गुल्मी काठमाडौं सम्पर्क समितिका सभानपति ज्ञानबहादुर कार्की, डमोक्रेटिक लयर्श एसोसिएसनका पूर्व केन्दीय सदस्य परशुराम घिमिरेलगायत गुल्मी काँग्रेसका नेताहरुले तरुण दलमा नवनियुक्त खरेलको बिषयमा विभिन्न कोणबाट धारणा राखेका थिए।
खरेल एक स्पष्ट वक्ता, निष्ठा र इमान्दारमा रहेका व्यक्ति रहेको भन्दै कार्यकालको शुभकामना दिएका थिए। यस्तै, तरूण दलमा खरेलको आगमनले आम युवा जगतमा हौसला र उत्साह बृद्धि गरेको बताउँदै वक्ताहरुले गुल्मी काँग्रेसको राजनीतिमा समेत उर्जा मिल्ने विश्वास समेत व्यक्त गरे।
खरेल कांग्रेसको सैद्धान्तिक पक्ष बुझेका निष्टावान व्यक्ति भएकाले पार्टीलाई कमजोर बनाउने तर पार्टीको नाममा कमाउ धन्दामा लागेका आडम्वरी व्यक्तिको खिलापमा खरो उत्रने विश्वास पनि वक्ताले व्यक्त गरे।