२०८० असोज १० गत बुधवार | September 27, 2023

गृहपृष्ठ तामाङ र मगर समुदाय विरुद्ध भ्रामक प्रचार गर्ने अधिवत्ता पाण्डे विरुद्ध बेल्जियमबासी नेपालीले गरे कार्वाहीको माग

तामाङ र मगर समुदाय विरुद्ध भ्रामक प्रचार गर्ने अधिवत्ता पाण्डे विरुद्ध बेल्जियमबासी नेपालीले गरे कार्वाहीको माग

मिती २०८० श्रावण ७ गते प्राईम टाइम टेलिभिजनबाट प्रसारित कार्यक्रम चिया गफ मार्फत अधिबक्ता भगवती पाण्डे (शितल) ले सिङ्गो तामाङ्ग र मगर जाती समुदायमा दाजुभाई दिदीबहिनी बिचमा बिबाह हुन्छ भनि दिएको अभिव्यक्तिले समस्त समुदायलाई आँच पुगेको छ।

आधारहीन र तथ्यहीन अभिव्यक्ति मार्फत सिङ्गो समुदायलाई नै आपराधीकरण गर्ने र समुदायका सम्पूर्ण मानिसहरुलाई पशु सँग तुलना गर्ने कार्य बोल्दै गर्दा हाम्रो समुदायमा ठुलो चोट पुगेको छ।

यी अति नै घृणित अनि कपोकल्पित अभिव्यक्तिले सिङ्गो तामाङ्ग र मगर समुदायहरुको चल्दै आएको रितिरिवाज, संस्कार, संस्कृति, धर्म, आत्मसम्मान र प्रतिष्ठामा गम्भीर चोट पुर्याईएकोले हाम्रो समुदाय यस बिषयमा नेपाल सरकार प्रति ज्ञापन-पत्र मार्फत गम्भीर ध्यानाकर्षण गराउन बाध्य छौँ।

साथै २०८० श्रावण १७ गतेको स्वघोषित कार्यक्रम अनुसार एक घण्टे शान्तिपुर्ण जिल्ला प्रहरी परिसर टेकु घेराऊ कार्यक्रममा प्रहरीले अनाबश्यक बल प्रयोग गरी ४ दर्जनभन्दा बढी मानिसलाई पक्राउ गरियो।

अनाबश्यक बल प्रयोगका साथै अश्रुग्याँस र लाठीचार्ज गरी पक्राउ परेका जनमानस र प्रदर्शनकारीहरु मध्ये एक दर्जन भन्दा बढी महिला र पुरुषहरुलाई शारीरिक चरम बर्बर यातना र लज्जाबोध जनक अपशब्दहरु प्रोयोग गरी मानसिक पिडा दिएको प्रति घोर निन्दा प्रकट गर्दछौं।

यसरी हिरासतमा लिएपछि पनि तानाशाही राणाशासनको जस्तो झल्को दिने प्रहरी परिसर टेकुको प्रहरीहरुको व्यबहार प्रति यथाशिघ्र सहि र सत्य छानबिन सहित कारबाहीको जोडदार माग गर्दछौं।

यस शान्तिपुर्ण जिल्ला प्रहरी परिसर टेकु घेराऊ कार्यक्रममा सरिक हुनुभएका घाइतेहरु प्रति सहानुभूति राख्दे शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं। शान्तिपुर्ण जिल्ला प्रहरी परिसर टेकु घेराऊ कार्यक्रममा भएको अमानविय कार्य र दमनले नेपाली जनताहरुको बोल्ने स्वतन्त्रता, मौलिक अधिकार र मानब अधिकार समेतमा खलल पुगेको छ, यसमा हाम्रो असहमती सहित घोर बिरोध गर्दछौं।

साथसाथै अधिबक्ता भगवती पाण्डे (शितल) लाई पक्राउपछिको जिल्ला प्रहरी परिसर टेकु प्रशासनले गरेको नौटंकी ब्यबहारले गरिमामय प्रहरी संगठनको कार्य प्रती धेरै प्रश्न उठाउने ठाउँ बनाएको र प्रहरीको त्यो कद गर्ल्यामगुर्लुम ढालिएको छ, यसमा नेपाल सरकारले बिश्वाश गुमाएको छ।

अन्तमा:- यो नेपाल सरकारको तर्फबाट गरिएको सुनियोजित संरक्षण रुपी कार्यशैली र लज्जाबोध गराउने नेपाल प्रहरीको गतिविधीको प्रबाश स्थित हाम्रो तामाङ्ग समाज बेल्जियम र बिश्व मगर संघ बेल्जियम घोर भर्तत्सना गर्दै अधिबक्ता भगवती पाण्डे (शितल) लाई नेपालको कानुन बमोजिम कडा भन्दा कडा जतिसक्दो चाँडो कार्बाहीको माग गर्दछौं। धन्यवाद।

लोक राना मगर

अध्यक्ष, विश्व मगर फेडरेशन बेल्जियम ।

राम लामा

अध्यक्ष, तामाङ्ग समाज बेल्जियम।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु