२०८० मंसिर २४ गत आइतवार | December 10, 2023

गृहपृष्ठ टी २०- सीरीजमा नेपालको हार,फाइनल उपाधी युएईको पोल्टामा

टी २०- सीरीजमा नेपालको हार,फाइनल उपाधी युएईको पोल्टामा

आयोजक नेपाललाई ४ विकेटले पराजित गर्दै यूएईले त्रिकोणात्मक सिरिज जितेको छ। उपाधिका लागि नेपालले दिएको १६३ रनको लक्ष्य यूएईले एक बल बांकी छंदै ६ विकेट गुमाएर भेट्टायो। अन्तिम २ बलमा २ रन चाहिएको अवस्थामा बासिल हमिदले छक्का हान्दै जित दिलाए।

कप्तान मोहम्मद वसिम र अर्यान्श शर्माले पहिलो विकेटका लागि ७१ रनको साभेदारी गर्दै जितको आधार तयार पारेका थिए। २२ बलको समना गरेका बासिम ७ चौका र २ छक्का मदतमा ४५ रन बनाएर पभेलियन फर्किए।अर्यान्श ३५ रन, आसिफ खान ७ रनमा आउट भए, जतिबेला टिमको स्कोर ९४–३ थियो। वृत्य अरवीन्दले चौथो विकेटका लागि अलीशान शराफूसँग २६ रनको साझेदारी गरे । शराफू ११ र अरविन्द २६ रन बनाएर आउट भए।


तर बसिल हमिद र अली नासीरले २५ रनको साझेदारी गर्दै यूएईलाई जित नजिक पुर्याए। नसीर ११ रनमा आउट भए।
नेपालका गुल्सन झा र अभिनाश बोहोराले २-२ विकेट लिए भने कुलश मल्लले १ विकेट लिए। करण केसी सबभन्दा महंगा साबित भए। ३.५ ओभर बलिङ गरेका उनले ४२ रन खर्चिए।

यसअघि त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले कुशल भुर्तेलको अर्धशतकको मद्दतमा निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६२ रन बनाएको थियो।भुर्तेलले सर्वाधिक ५० रन बनाए। करण केसीले नटआउट २३ रन योगदान गरे।

दीपेन्द्रसिंह ऐरीले २० र सोमपाल कामीले १३ रन बनाए । यूएईका आयान खानले ४ ओभरमा १९ रन खर्चेर तीन विकेट लिए। अली नासीर र जाहुर खानले २–२ विकेट लिए। ४ ओभरमा जहुरले २६ र नासीरले ३६ रन खर्चिएका थिए। जुनैद सिद्दिकीको नामम १ विकेट रह्यो। युएईका मुहम्मद जवादुल्लाह मात्र विकेटविहीन रहे।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु