Covid-19
City Express

थप ३ सय २३ जना कोरोना संक्रमण,कोरोनाकै कारण चितवनमा १ जनाको ज्यान गयो

पछिल्लो अपडेटअनुसार नेपालमा थप ३ सय २३ जना मानिसमा कोरोना भाइरस (कोभिड-१९)संक्रमण भएको पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन मार्फत उक्त जानकारी दिएको हो।

संक्रमित मध्ये २ सय ९२ पुरुष र ३३ महिला रहेका छन्।कोरोना संक्रमणकै कारण आज थप एक जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता जागेस्वर गौतमले बताए।

नयाँ संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या ४ हजार ८५ पुगेको छ भने हालसम्म १५ जनाको मृत्यु भैसकेको छ।

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु