गृहपृष्ठ थप ९० जनामा कोरोना संक्रमण ,४३ जना निको भएर घर फर्किए
थप ९० जनामा कोरोना संक्रमण ,४३ जना निको भएर घर फर्किए

नेपालमा कोरोना संक्रमितको संख्या थपिदै जाँदा निको हुनेको संख्या पनि बढ्दै गएको छ। आज मात्र नेपालमा ९० जना कोरोना संक्रमित थपिदा निको भएर ४३ जना घर फर्किएका छन्।
प्रदेश ५ मा मात्रै संक्रमितको संख्या ३३१ पुगेको छ भने आज मात्रै यस प्रदेशमा ३१ जना मानिसमा कोरोना पोजेटिभ देखिएको हो। पछिल्लो समय भारतमा बसेर मजदुरी गर्ने नेपालीहरु दिन प्रतिदिन स्वदेश फर्कन थालेपछि कोरोना संक्रमणको पुष्टि हुनेक्रम पनि बढेको हो।
आज थपिएका ९० जनामा २ वर्षिय बालिका पनि रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिनुभयो। आज राष्ट्रिय जनस्वास्थ्य प्रयोशालामा गरिएको पीसीआर परीक्षणमा ३५ जनामा कोरोना संक्रमण देखिएको हो। जसमा महोत्तरीका २ जना रहेका छन्। यस्तै जुम्ला स्थायी ठेगाना भइ बारामा कार्यरत २ जना, बाराकै ३ जनामा संक्रमण देखिएको छ।
रौतहटका २१, सिरहाका ५ जनामा संक्रमण पोजटिभ देखिएको छ। एक जना जनकपुर अस्पतालमा उपचाररत धुनुषाका पुरुषको पनि कोरोना पुष्टि भएको छ। यस्तै भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेका ७ जनामा कोरोना देखिएको छ।यसैगरी अन्य जिल्लामा पनि थपिने क्रम जारीनै छ।