गृहपृष्ठ थप ९ जनामा कोरोना पोजेटिभ,संक्रमित संख्या २७६ पुग्यो
थप ९ जनामा कोरोना पोजेटिभ,संक्रमित संख्या २७६ पुग्यो

कोरोना संक्रमित फेरि ९ जना थपिएका छन्। यो सँगै कोरोना संक्रमितको संख्या नेपालमा २७६ पुगेको छ।
शनिवार विहान मात्रै ६ जनामा कोरोना पुष्टि भएको थियो भने दिउँसो ३ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको हो।
नयाँ पुष्टि भएकाहरुमा कपिलबस्तुको शिवराज नगरपालिका चन्दौटाका २५ वर्षका, ३४ वर्षका र ४४ वर्षका पुरुषहरु रहेका छन्। उनीहरुको स्वास्थ्य अवस्था भने सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।