गृहपृष्ठ थुनिएको मर्स्याङ्दी आफैं बग्न थाल्यो,वरपरका बासिन्दालाई केही राहत
थुनिएको मर्स्याङ्दी आफैं बग्न थाल्यो,वरपरका बासिन्दालाई केही राहत

मनाङको ङिस्याङ गाउँपालिका-४ हुम्देमा थुनिएको मर्स्याङ्दी नदी आफैं बग्न थालेको छ।नदी आफैं बग्न थालेपछि त्यस वरपरका क्षेत्रका बासीन्दाले केही राहत महसुस गरेका छन्।
शनिबार दिउँसो दुवैतिरबाट पहिरो जाँदा थुनिएको नदी अहिले आफैं बगेपछि तत्कालका लागि ठूलो जोखिम टरेको प्रहरीले जनाएको छ।
कमजोर माटोसहितको पहिरो खसेकाले केही समयमै पानीले आफैं बाटो बनाएर बग्न थालेपछि ठूलो क्षतिको सम्भावना टरेको हो।
नदी थुनिएर ताल बन्दा माथिल्लो मनाङ जाने बाटोमा पर्ने बेलिब्रिज पनि जोखिममा परेको थियो।
पहिरोले थुनिएको नदी एक्कासी खुलेमा बाढीले तटीय क्षेत्रमा क्षति पुर्याउन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले पूर्वसूचना जारी गरेर सचेत रहन आग्रह गरेको थियो।
यसैबीच मनाङ जिल्ला सडक सम्पर्कबाट विच्छेद भएको छ। मुख्य सडक लम्जुङको बेसिशहर-चामे-थाङसार सडकखण्ड ७० प्रतिशत ‘कोल्याप्स’ भएपछि सडक सम्पर्क टुटेको हो।