२०८० मंसिर २४ गत आइतवार | December 10, 2023

गृहपृष्ठ दमौली फुटबल क्लबले आयोजना गर्ने खुल्ला फुटबल प्रतियोगिता अन्तिम चरणमा,यसरी हुँदै छ खेल

दमौली फुटबल क्लबले आयोजना गर्ने खुल्ला फुटबल प्रतियोगिता अन्तिम चरणमा,यसरी हुँदै छ खेल

बडादशैं तथा शुभदीपावलीको पावन अवसरमा दमौली फुटबल क्लबले सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता ‘दमौली फुटबल कप २०२३’ आयोजना गर्ने भएको छ।

आगामी १, अक्टोबरमा लिस्बन, ओलाइसको भिटोरिया दि क्लबको खेल मैदानमा प्रतियोगिता हुने आयोजकले जनाएको छ। लिस्वन स्थित अवैतनिक महावाणिज्य दुत मकर हमालको प्रमुख आतिथ्यता हुने उक्त प्रतियोगितामा जम्मा २० टिमको सहभागीता रहने छ।

पोर्तुगल स्थित विभिन्न टिम सहित माल्टा बाट पनि टिमको प्रतियोगितामा सहभागी हुने आयोजकले जानकारी दिएको छ।

२० टिमलाई चार समुहमा विभाजन गरिएको छ, जहाँ प्रत्येक टिमले आफ्नो समुहमा रहेका सबै टिमसंग प्रतिष्पर्धा गर्नुपर्ने छ, भने प्रत्येक समुहबाट दुइ टिम क्याटरफाईनलमामा पुग्नेछ।

पोर्चुगललाई आधारभूमि बनाएर स्थापना भएको नेपाली समूदायको क्लबहरुसहित माल्टा लगायतका मुलुकहरुबाट प्रतियोगितामा सहभागीता रहने अशाेक गुरुङ्गले जानकारी दिए।

दमौली फुटबल कपको विजेताले २ हजार १ सय ११ युरो तथा उपविजेताले १ हजार १ सय ११ युरो सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी, उच्च गोलकर्ता र सर्वोत्कृष्ट गोलकर्तालाई विधागत पुरस्कारको व्यवस्था गरिएको क्लबका अध्यक्ष खिम दरैले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु