२०८० जेठ २३ गत मंगलवार | June 06, 2023

गृहपृष्ठ दरबार हत्याकाण्ड अझै रहस्यमय,दोषी पत्ता नलाग्दा आम असन्तुष्टि उत्तिकै

दरबार हत्याकाण्ड अझै रहस्यमय,दोषी पत्ता नलाग्दा आम असन्तुष्टि उत्तिकै

दरबार हत्याकाण्ड सम्झिदा अझै पनि मुटु काप्छ। जेठ १९ गते दरबार हत्याकान्ड भएको कालो दिन। राजा वीरेन्द्रको वंशनाश हुने गरी भएको दरबार हत्याकाण्डको २० बर्ष पूरा भएको छ। २०५८ जेठ १९ गते राति भएको हत्याकाण्डमा राजा वीरेन्द्रको वंशनाश भएको थियो।

राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारीहरु श्रुति, शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह र धीरेन्द्र शाहको एकै प्रकरणमा हत्या गरिएको थियो।

घटनामा कोमल शाह, शोभा शाही, कुमार गोरखशमशेर राणा र केतकी चेस्टर घाइते भएका थिए। भनिन्छ–दरबार हत्याकान्डमा षडयन्त्र भएको छ। तर यो षडयन्त्र कसले गर्यो ? अहिलेसम्म रहस्य भने बाहिर आउन सकेको छैन।

हत्याकाण्डको छानबिनका लागि गठन भएको तत्कालीन समितिले पनि रहस्य बाहिर ल्याउन सकेको छैन। हत्याकाण्डका विषयमा तात्कालीन प्रधानन्यायाधीश र संसद्का सभामुख सदस्य रहेको छानबिन समितिले छानबिन गरे पनि त्यसले सही तथ्य बाहिर ल्याउन नसकेको भन्दै आम असन्तुष्टी अझै उत्तिकै छ।

यो २० वर्षको बिचमा धेरै सरकार फेरि तर हत्याकाण्डको रहस्य खुलेन। राजसंस्थानै अन्त्य भएर गणतन्त्रात्मक व्यवस्था आएको यतिका वर्ष हुँदा पनि छानबिन भएको छैन।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु