गृहपृष्ठ दलहरुको सहमतिबेगर महाअभियोग प्रस्ताव आउदैन :प्रचण्ड
दलहरुको सहमतिबेगर महाअभियोग प्रस्ताव आउदैन :प्रचण्ड

सत्तासाझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलबीचको सहमतिबिना प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसद्मा महाअभियोग प्रस्ताव ल्याउने अवस्था नरहेको बताएका छन्।
उनले मंसिर २८ गते बोलाइएको संघीय संसद्को हिउँदे अधिवेशनमा पनि राष्ट्रिय सहमति र दलबीचको समझदारी नभई प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्ताव अघि बढ्ने अवस्था नरहेको प्रस्ट्याएका हुन्।
पार्टीनिकट प्रेस सेन्टर नेपालको चितवनमा शनिबार आयोजित चौथो राष्ट्रिय महाधिवेशनमा उनले राजनीतिक दलको सहमति र समझदारी नभई एमसीसीबारे संसद्ले निर्णय लिने अवस्था नरहेको पनि बताए।