Covid-19
City Express

दलित समुदाय माथि भएको विभेदको विरुद्धमा चमार समाज र खत्वे समाजको विरोध

नेपालमा भएको दलित समुदायहरु माथिको दमनको प्रवासमा रहेको चमार कल्याण समाज मलेसियाले कडा शब्दमा निन्दा गरेको छ ।

केही दिन पहिला सप्तरी जिल्लाको खडक नगरपालिका वार्ड न. ८ मा बसोबास गर्ने दलित मुसहरहरुको गाउमा पसेर स्थानिय चौधरी समुदायहरुद्धारा कुटपिट गरिएकोमा कडा अपत्ति भएको समाजका प्रवास संयोजक नन्दलाल चमार रामले बताउनु भएको छ ।

संयोजक रामले गैर दलित समुदायका मानिसहरुले हातमा फलामको रड , सिक्डी लगाएत घरेलु हथियार बोकेर गरिब दलितहरुकै गाउमा पुगेर कुटपिट गर्नु मानवता विरोधी काम भएको भन्दै घटनामा संलग्नहरुलाई कारवाहीको माग गर्नु भएको छ ।

गैर दलितहरुको कुटाईबाट स्थानिय गंगा मुसहर , सुरजी देबी सदा , राकेश सदा , बुची सदा घाईते भई स्थानिय अस्पतालमा उपचारत् रहेको स्थानिय पत्रकार राजेश विद्रोहीले जानकारी दिनुभएको छ ।

यता तराई मधेशमा दिनहु दलितहरु माथि भैरहेको जातिय विभेद ,एवमं छुवाछुतको विरोधमा खत्वे समाज समितिले धनुषा जिल्लामा वि।रोध प्रर्दशन गरेको छ ।

समितिका महासचिव राजलाल मण्डलका अनुसार प्रदेश न. दुईको राजधानी जनकपुरमा बहुजन समुदायकी बालिका पुजा पजिंयार , अगिंरा पासी , राजु सदा, शम्भु सदा , कलर सदा लगाएत पश्चिम रुकुममा नवराज वि.क. लगाएतहरुको समुहिक नरसंहारको विरोधमा प्रदर्शन गरिएको जानकारी दिनु भयो ।

महासचिव मण्डलले अब मधेशमा रहेका सारा दलित समुदायहरुका जातिय संगठन फेरि जागेर सडकमा आउनुपर्ने बेला आएको बताउदै विभेदका विरुद्धमा सारा संचारकर्मीहरु आफुहरुलाई सहयोग गर्न अपिल समेत गर्नुभएको छ ।

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु