२०७९ चैत १८ गत शनिवार | April 01, 2023

गृहपृष्ठ दिलिप महतोलाई हत्या गर्ने चार जना पक्राउ

दिलिप महतोलाई हत्या गर्ने चार जना पक्राउ

दिनप्रतिदिन हत्याहिंसाका घटनाहरु वृद्धि भैरहेको सन्दर्भमा हिजो मात्रै धनुषा मिथिला नगरपालिकाका दिलिप कुमार महतोको हत्या प्रकरण श्राबजनिक भएको थियो।निकै क्रुर तरिकाबाट हत्या गरिएको पुष्ठि भएको छ।नदी उत्खनन् र प्राकृतिक सम्पदा दोहनको बिरोध गर्दै आइरहेका महतोलाई चार जना क्रसर उधोगीहरु मिलेर हत्या गरेको धनुषा प्रहरीले पत्रकार सम्मेलन मार्फत बताएको छ। नाटकिय ढंगबाट उनलाई मारीएको प्रहरी अनुसन्धानबाट खुलेको देखिन्छ। महतोलाई मारेको अभियोगमा महोत्तरीको बर्दिवास नगरपालिका ९ बस्ने ना.७ ख ६४१३ नम्बरका टिपर चालक ३४ वर्षीय मुनिन्द्र महतो, बर्दिवासकै वडा नम्बर २ निवासी लोडर चालक २४ वर्षीय जितेन्द्र कुमार महतो र धनुषाको मिथिला नगरपालिका ५ बस्ने २७ वर्षीय रोशन यादवलाई प्रहरीले पक्राउ गरेको छ। शुरुमा फलामको रडले उनलाई रोपेर घाइते बनाएको र पछि ट्रीपरले किचेर मारेको हत्यामा सम्लग्न ४ जनाले प्रहरीसमक्ष बयान दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु