गृहपृष्ठ दुई नाबालिका बलात्कारको आरोप,युटुबर शिवाकोटी पक्राउ
दुई नाबालिका बलात्कारको आरोप,युटुबर शिवाकोटी पक्राउ

नेपालमा बिभिन्न किसिमका बलात्कार काण्डहरु बाहिर आइरहेका छन् ।कहिले आफ्नै बाबुले छोरीलाई गरेको बलात्कार त कहिले शिक्षकले विद्यार्थीमाथी गरेको यौनशोषण लगायतका बलात्कारका घटनाहरु सार्वजनिक भैरहेका छन्।पछिल्लो समय २ नाबालिका बलात्कृत भएको तथ्य बाहिर आएको छ।
मेकिङ नेपाल नामक युटुब चलाउने युटुबर अर्जुन शिवाकोटी २ नाबालिकालाई बलात्कार गरेको आरोपमा प्रकाउ परेका छन् ।३८ बर्षिय शिवाकोटीलाई उनकै निवास बानियाटारबाट मंगलवार प्रहरीले गिरफ्तार गरेको हो।
३८ वर्षीया शिवाकोटीले विगत एक वर्षदेखि आफ्नै घरमा अभिभावकसँग बस्दै आएका १४ वर्षीया र १२ वर्षीया दिदीवहिनीलाई विगत एकवर्षदेखि यौनशोषण गर्दै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
१४ वर्षीया बालिकालाई शिवाकोटीले एक वर्षदेखि पटक -पटक बलात्कार गर्दै आएको र उनकी १२ वर्षीया बाहिनीलाई पनि पटक- पटक यौनशोषण गरेको महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाले जानकारी दिए।
आरोपित शिवाकोटीले पिडित बालिकाहरुको परिवारलाई पटकपटक मार्ने समेत धम्की दिएको बताइएको छ।घटनाको सत्यतथ्य वृस्तृत अनुसन्धान पछि मात्र बाहिर आउने प्रहरीले जनाएको छ।