गृहपृष्ठ दुबईमा एक नेपालीको मृत्यु
दुबईमा एक नेपालीको मृत्यु

कोरोना संक्रमणका कारण धरानमा स्थायी घर भइ बैदेशिक रोजगारीको शिलशिलामा दुबईमा रहेका अमरको ज्यान गएको छ।धरान -११ कल्याण चोकका अमर बान्तवाको कोरोना संक्रमणका कारण दुबईमा मृत्यु भएको हो।
मृत्युको खबर पाएको एक साता अघि श्रीमतीलाई कोरोना संक्रमणका कारण क्वारेन्टइनमा रहको बताएका अमरको एक साता अघि दुबई स्थित अमेरिकन अस्पतालमा निधन भएको उनकी श्रीमती हरीमायाले बताइन्।
मृतक राईको कोभिड १९ को संक्रमणबाट मृत्यु भएको मेडिकल रिपोर्टमा उल्लेख छ। उनी दुबईमा सेल्सम्यानको रूपमा कार्यरत रहेको कम्पनीले परिवारलाई बताएको थियो। अमरको शव दुबईमानै अन्त्येष्टि गरिने र त्यसको लागि स्वीकृतिको सिफारिस पनि वडाले उपमहानगरमार्फत पठाएको छ।
उक्त सिफारिश पत्र दुताबासमा पठाउने गरि उपमहानगरपालिकाबाट पनि परराष्ट्र मन्त्रालयमा पठाइसकेको उपमेयर मञ्जु भण्डारी सुवेदीले बताएकी छिन् ।मृतक राईको परिवारमा श्रीमान, श्रीमती का अलवा उनका बुबा र छोरी रहेको वडा सदस्य रिजालले बताए।