गृहपृष्ठ देउवा र पौडेल बीचको विवाद उत्कर्षमा,पौडेल पक्षको असहमतिका बाबजुत देउवाले बोलाए बैठक
देउवा र पौडेल बीचको विवाद उत्कर्षमा,पौडेल पक्षको असहमतिका बाबजुत देउवाले बोलाए बैठक

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले जिल्ला सभापतिहरूको भेला डाकेकै दिन सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको बैठक बोलाएका छन्।
फागुन ५ (बुधबार)का लागि पार्टीका जिल्ला सभापति, पूर्व सभापति र काठमाडौंमा उपलब्ध महासमितिका सदस्यहरुलाई केन्द्रीय कार्यालयमा बैठकका लागि बोलाइएको छ। वरिष्ठ नेता पौडेल पक्षले आफूपक्षीय जिल्ला सभापतिहरूको बैठक डाकेकै दिन पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको बैठक बोलाएका छन्।
फागुन ७ देखि तोकिएको पूर्व निर्धारित कार्यतालिका अनुसार १४औं महाधिवेशन समयमा हुन नसकेपछि नयाँ रणनीतिका लागि पौडेल पक्षले बैठक बोलाएको छ। पौडेल निकट केन्द्रीय समिति सदस्य नवीन्द्रराज जोशीले जिल्ला सभापतिहरूको भेला डाकिएको जानकारी दिए।