२०८० जेठ २५ गत बिहीवार | June 08, 2023

गृहपृष्ठ देशभर सोमबारसम्म वर्षा हुने,सतर्क रहन सबैलाई आग्रह

देशभर सोमबारसम्म वर्षा हुने,सतर्क रहन सबैलाई आग्रह

केहीदिन यता उपत्यकासहित देशका विभिन्न स्थानमा पानी परिरहेको छ। यास् चक्रवातको असरका कारण पानी परिरहेको र देशका विभिन्न भागमा यो क्रम सोमबारसम्म जारी रहने मौसम विभागले जनाएको छ।

हाल देशमा यास् चक्रवात उत्तर-पश्चिम सर्ने क्रममा कमजोर भई बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा र अन्य प्रदेशहरु थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु