गृहपृष्ठ देशैभर वर्षा हुने,सतर्कता अपनाउन महाशाखाको आग्रह
देशैभर वर्षा हुने,सतर्कता अपनाउन महाशाखाको आग्रह

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले देशभरि मनसुनी वायुको प्रभाव रहेकाले देशका अधिकांश स्थानमा वर्षा हुने र केही स्थानमा भीषण वर्षा हुने पूर्वानुमान गरेको छ।
मंगलबार प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा भीषण वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाले त्यस क्षेत्रमा सतर्कता अपनाउन पनि आग्रह गरेको छ।
मंगलबार बिहान देशभर सामान्यको मौसम बदली रहेको छ। गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा वर्षा भईरहेको छ।
प्रदेश २ को थोरै स्थानमा चट्याङसहित वर्षा भइरहेको महाशाखाले जनाएको छ।दिउँसो पनि देशभर मौसम बदली रहनेछ। अधिकांश स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।