२०७९ वैशाख २९ गते बिहीवार | May 12, 2022

Bharat Poudel

गृहपृष्ठ द भ्वाइस अफ नेपाल किड्सको उपाधी उप्रेती लाई

द भ्वाइस अफ नेपाल किड्सको उपाधी उप्रेती लाई

ख्यातिप्राप्त गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल किड्स’को उपाधि जेनिस उप्रेतीले उचाल्न सफल भएका छन्। उनी कोच प्रमोदका सदस्य भएर सोमा चुनिएका थिए।

छ वर्षदेखि १४ बर्षसम्मका बालबालिकाले भाग लिन पाउने यो रियालिटी सोमा होस्ट सुशील नेपालले गरेका छन्। त्यस्तै कोचको रुपमा चर्चित गायक तथा गायिका प्रमोद खरेल, प्रविशा अधिकारी, मिलन अमात्य र राजु लामा रहेका छन्।

‘द भ्वाइस अफ नेपाल किड्स’ को डिजिटल अडिसनबाट छानिएका प्रतिभाहरु विभिन्न प्रतिस्पर्धामा अब्बल हुँदै उत्कृष्ट ८ मा जेनिस उप्रेती, रुक्शाना लिम्बु, मिन्चामा राई, नुमा राई, सुशनी गुरुङ्ग, अनुजा कडरिया, पासाङ डिकी शेर्पा र सुप्रिम मल्ल ठकुरी फाइनलमा पुगेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु