गृहपृष्ठ धनगढीमा अस्पतालको आइसोलेसनमा रहेका एक ५० बर्षिय पुरुषको मृत्यु
धनगढीमा अस्पतालको आइसोलेसनमा रहेका एक ५० बर्षिय पुरुषको मृत्यु

धनगढीको सेती प्रादेशिक अस्पतालमा रहेका एक जना बिरामीको मृत्युु भएको छ।मृत्यु हुने कैलाली गौरीगंगाका ५० बर्षिय पुरुष रहेको अस्पताल प्रशासनले जनाएको छ।
उनी हिजो मात्रै अस्पताल भर्ना भएको अस्पतालका सूचना अधिकृत दिलिप कुमार श्रेष्ठले जानकारी दिए।उनका अनुसार मृतक पुरुष भारतबाट फर्के लगत्तै अस्पताल भर्ना हुन आएका थिए।
बिरामीलाई ज्वोरो आउने ,टाउको दुख्ने र खोकी लाग्ने लगायत अन्य समस्याले पनि असर पारेको श्रेष्ठले बताए।मृतकको स्वाब संकलन गरी कोरोना भाइरस परिक्षणका लागि ल्याबमा पठाएको अस्पतालले बताएको छ।
बिरामीको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको हो वा होइन भन्ने सन्दर्भमा अन्तिम रिपोर्ट आएपछि मात्र पुष्टि हुने अस्पतालले जनाएको छ।