२०७९ चैत १८ गत शनिवार | April 01, 2023

गृहपृष्ठ धरहरा पुनर्निर्माणले पायो तिब्रता

धरहरा पुनर्निर्माणले पायो तिब्रता

ऐतिहासिक धरहराको पुनर्निर्माणले तिव्रता पाएको छ। राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले धरहराको २०औं तलाको पुनःनिर्माण गर्ने काम सम्पन्न भएको जनाएको हो।

जमिनमुनिको दुई तलाबाट लिफ्ट प्रयोग गरी २०औं तलासम्म जान मिल्ने गरी तयार पारिएको ढाँचामा धरहराको पुनःनिर्माण भइरहेको छ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले अहिले २०औं तलामा बार्दली बनाउने काम भइरहेको जानकारी दिदै सोही तल्लाबाट नै सर्वसाधारणले उपत्यका अवलोकन गर्न पाउने बताए।

ज्ञवालीले चालु आर्थिक वर्षभित्रैमा काम सम्पन्न गर्ने गरी निर्माणकार्य अगाडि बढेको जानकारी दिए। उनले आउँदो असार मसान्तसम्म मूलभूत कामहरु सम्पन्न गरी सम्बन्धित निकायलाई हस्तान्तरण गर्ने योजना रहेको धारणा राखे।

२०७२ सालको विनाशकारी भूकम्पमा धरहरा पूर्णरुपमा क्षति भएको थियो। धरहरा पुनःनिर्माणको कुल अनुमानित लागत भ्याटसहित तीन अर्ब ४५ करोड रुपैयाँ छ। कुल क्षेत्रफल ४२.२ रोपनी रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु