२०८० जेठ २२ गत सोमवार | June 05, 2023

गृहपृष्ठ नक्कली हवाई टिकट बिक्रि गर्ने कुँवरको सर्वत्र विरोध,विभिन्न संघ-सस्थाले निकाले विज्ञप्ति

नक्कली हवाई टिकट बिक्रि गर्ने कुँवरको सर्वत्र विरोध,विभिन्न संघ-सस्थाले निकाले विज्ञप्ति

पोर्चुगलको लिस्वन स्थित लक्ष्मी ट्राभल्सले नक्कली टिकट बिक्रि गरी यात्रुहरूलाई ठगी गरेको समाचारहरू विभिन्न अनलाईन मिडिया र सामाजिक संजालहरूमा बाहिरिए लगत्तै पोर्चुगलमा सक्रिय विभिन्न संघ-सस्थाले चर्को विरोध गरेका छन्।

पीडकलाई हदैसम्मको कार्वाही र पीडितलाई न्याय दिलाउन उनिहरुले विज्ञप्ती मार्फत जोडदार माग गरेका छन्।यसैक्रममा प्रवासी नेपाली एकता मंच पोर्चुगलले विज्ञप्ति मार्फत कडा भत्सर्ना गरेको छ।

अप्रिल 6 तारीख बिहान पदाधिकारीहरूको आकस्मिक बैठक बसी पीडितहरुलाई उचित राहत सहित न्याय दिलाउने र पीडकलाई हदैसम्मको कारबाहीको माग गर्दै विज्ञप्ति सार्वजनिक गर्ने निर्णय भएको संगठनका अध्यक्ष मदन लिम्बुले बताउनु भयो।

त्यसैगरी गैर आवासीय नेपाली संघ पोर्चुगल, जनसम्पर्क समिति पोर्चुगल, जन प्रगतिशिल मञ्च, लगायत यहाँ रहेका विभिन्न सामाजिक संघ -संस्था ,सामाजिक अभियान्ता, पत्रकारहरूसबै एकजुट भई संयुक्त रूपमा सामाजिक न्याय स्थापित गर्न जोडदार माग गरिएको छ।

साथै पोर्चुगल स्थित सबै नागरिकहरूलाई समेत सचेत रहन आग्रह गर्दै संयुक्त रूपमा आवाज बुलन्द गर्न आव्हान गरिएको छ। लक्ष्मी ट्राभल्स बाट टिकट लिएर अप्रिल ५ तारीख सोमबार नेपाल जानको लागी लिस्बनको एयरपोर्ट पुगेका यात्रुहरूको टिकट चाँज गर्दा उक्त टिकट फर्जी भएको पुष्टि भएपछि पीडितहरूले ट्राभल्स अफिस अगाडि धर्ना दिन पुगेका थिए।

सामाजिक संजाल र विभिन्न अनलाईन मिडियाहरूमा समेत यसको चर्को विरोध हुन लागेपछि ,एनआरएनए पोर्चुगलका कोषाध्यक्ष समेत रहेका निज व्यक्तिलाई उक्त पदबाट निलम्बन गरेको एनआरएनएको बिज्ञप्ति मार्फत सार्वजनिक भएको छ।

हिजो नै राती उनको कार्यालयमा पोर्चुगिज प्रहरीले समेत छापा मारी कैयौं फर्जी कागजातहरू बरामद गरेको सुचना प्राप्त भएको छ। पटक- पटक नेपालीहरू माथी यस्तो किसिमको निन्दनिय कार्य गरेको भन्दै कार्यालय अगाडि दर्जनौंको भिड रहेको थियो।

यस्तो किसीमको निन्दनिय कार्य बिरूद्ध यतिबेला पोर्चुगलमा रहेका हरेक नेपालीहरूले आ -आफ्नो फेसबुकवाल मार्फत बिरोध जनाई रहेका छन् भने विभिन्न संघ- संस्थाहरूको समेत ध्यानाकर्षण भएको छ।

पछिल्लो सुचना अनुसार नेपाली लगायत भारतीय र बंगलादेशी नागरिकहरू समेत उनको ठगीमा परेको गुनासो गर्दै सयौंको संख्यामा पीडि हरू प्रहरी कार्यालयमा उपस्थिति भएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु