गृहपृष्ठ नमूना नेपालकर्मी अधिकारी नेपाल पत्रकार महासंघ युरोप शाखाको सदस्यमा निर्वाचित
नमूना नेपालकर्मी अधिकारी नेपाल पत्रकार महासंघ युरोप शाखाको सदस्यमा निर्वाचित

नमूना नेपालकी संवादाता एवं सक्रिय पत्रकार शान्ती अर्याल अधिकारी नेपाल पत्रकार महासंघ युरोप शाखाको कार्यसमिति सदस्यमा सर्वसम्मत निर्वाचित भएकी छन्।
शुक्रवार भएको शाखाको निर्वाचनले उनलाई सर्वसम्मत सदस्यमा चयन गरेको हो। नेपालमा रहदा विभिन्न मिडियामा कलम चलाएकी अधिकारी पछिल्लो समय पोर्चुगलमा रहेर सक्रिय पत्रकारीता गरेकी छन्।
उनको चयनले शाखाको गरिमा र उचाइ थप वृद्धि हुने अपेक्षा गरिएको छ।पत्रकार अधिकारीलाई बधाई सहित सफल कार्यकालको शुभकामना।