२०७९ असोज ८ गत शनिवार | September 24, 2022

Bharat Poudel

गृहपृष्ठ नमूना नेपालको पोल्यान्ड प्रतिनिधिमा संचारकर्मी महतो नियुक्त

नमूना नेपालको पोल्यान्ड प्रतिनिधिमा संचारकर्मी महतो नियुक्त

नमूना नेपालको पोल्यान्ड प्रतिनिधिमा चर्चित संचारकर्मी शिवधर महतो नियुक्त भएका छन्।

सस्थाको कार्यक्षेत्र बिस्तार गर्ने नीति अनुरुप महतोलाई नियुक्त गरिएको हो।आजै बसेको सस्थाको सम्पादक समुहको बैठकले आगामी २ बर्षका लागि महतोलाई उक्त जिम्मेवारी दिने निर्णय गरेको हो।

नेपालमा रहँदा विभिन्न एफएम रेडियो ,पत्रपत्रिका एवम् पोल्यान्डमा लामो समयसम्म अनलाइन पोर्टलमा काम गरिसकेका महतो लेखनमा निकै अब्बल मानिन्छन्।

विश्वबिधालयको उच्च तहको शैक्षिक शिक्षा हासिल गरेका महतोका लेखहरुमा पनि उत्तिकै चाख लाग्दो मिठास पाईन्छ।

साहित्य लेखनमा सौखिन महतो लेखहरुमा भने लगभग सबै विषयवस्तुहरु समेटेर विविधता ल्याउने गर्दछन्। उनको आवद्धताले यस संस्थाको उद्देश्य तथा कार्यदिशामा थप बल पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु