गृहपृष्ठ नमूना नेपाल तेश्रो बर्ष प्रवेशको अवसरमा शुभकामना
नमूना नेपाल तेश्रो बर्ष प्रवेशको अवसरमा शुभकामना

नमूना नेपाल डटकम आज जनवरी १ तारिखबाट दुई बर्ष पूरा गरी तेश्रो बर्षमा प्रवेश गरेको छ।
यस अवसरमा हाम्रा आम पाठकवर्ग र सबै जनसमुदायको अपार माया, साथसहयोग र खबरदारीका लागि हार्दिक आभार र धन्यवाद ज्ञापन गर्दछौं।
सुरुवातदेखि वर्तमान समयको सेरेफेरोसम्म आइपुग्दा हामीले कम्तीमा पनि सामाजिक न्याय, निष्ठा, समानतमा आधारित विषयवस्तुलाई नै मुख्य रूपमा उजागर, प्रकाशन र प्रशारित गर्दै आइरहेका छौं।
समाजमा लुकेका,लुकाइएका र बाहिर प्रस्फुटन हुन नसकेका बिषयलाई हामीले प्राथमिकतामा राख्दै आइरहेको यहाँहरुलाई सर्वविदितै छ।
भ्रष्ट, असामाजिक, अनैतिक, अनावश्यक, आग्रह वा पुर्वाग्रहसहितका बिषयलाई हामीले कहिल्यै ठाउँ दिएनौं, कदापि सम्झौता गरेनौं र गर्दैनौं पनि।
नमूना नेपालले सदैव निष्पक्ष, स्वतन्त्र र भयरहित तवरले नै समाचार प्रवाह गरिरहेको छ। नविनतम सोंच, चिन्तन र विचारले नै पत्रकारीतामा निखारता आउँछ भन्ने सिद्धान्तमा नमूना नेपाल परिवार विश्वास राख्दछ।
मुख्य रूपमा पोर्चुगलबाट संचालित यो अनलाइन पत्रिकाले विश्वका हरेक घटना, पलपलका खबरलाई निरन्तर प्रकाशित गर्दै आइरहेको छ।
तपाईंहरुको अटुट माया र सद्भावलाई शिरोधार्य गर्दै आगामी दिनमा थप सशक्त र दृढताकासाथ खबर प्रवाहलाई जारी राख्ने प्रतिवद्धता जनाउँदै तेश्रो बर्ष प्रवेशको अवसरमा सबैमा हार्दिक बधाई र शुभकामना व्यक्त गर्दछौं।