गृहपृष्ठ नमूना नेपाल तेस्रो बर्षमा प्रवेश
नमूना नेपाल तेस्रो बर्षमा प्रवेश

नयाँ बर्ष २०२२ को आगमनसँगै नमूना नेपाल डटकम तेस्रो बर्षमा प्रवेश गरेको छ।
नमूना नेपाल डटकम सन् २०२० को जनवरी १ तारिखबाट नविनतम सोंच र योजनाका साथ सत्य, तथ्य, निष्पक्ष सूचना र समाचार सम्प्रेषण गर्ने उद्देश्यका साथ प्रारम्भ भइ आज तेश्रो बर्ष प्रवेश गरेको छ।
यो सुखद अवसरमा हाम्रा सम्पूर्ण पाठकवर्ग, शुभेच्छुक, शुभचिन्तक सबै- सबैमा हार्दिक आभार सहित नयाँ बर्षको शुभकामना व्यक्त गर्दछौं।
युरोपेली मुलुक पोर्चुगलबाट संचालित नमूना नेपालले पोर्चुगलको नेपाली समुदाय लगायत सम्पूर्ण प्रवास र पोर्चुगलको सूचना र समाचारलाई पहिलो प्राथमिकता दिंदै आएको छ।
हामी विश्वको जुनसुकै ठाउँमा रहे पनि आफ्नो देशको मायाले सधैं तानिरहेको हुन्छ। यसर्थ विदेशी भूमिमा रहेर पनि देशमा सरकारले लिएको “समृद्ध नेपाल, सुखी नेपाली” निर्माण गर्ने महान र पवित्र उद्देश्य र अभियानलाई मिडियाको माध्यमबाट होस्टेमा हैंसे गर्दै सहयोग पुर्याउने हाम्रो मुख्य उद्देश्य हो।
तर हामीले हाम्रो देश र संसारभरका नेपालीहरूको आवाजलाई उत्तिकै महत्त्वका साथ कलमका माध्यमबाट बुलन्द गर्ने प्रयत्न गरिरहेका छौं।
हामी न कसैको पक्षमा छौं न कसैको विपक्षमा मात्र हामी निष्पक्ष भएर पत्रकारिताको राष्ट्रिय र अन्तर्राष्ट्रिय मूल्य र मान्यता बमोजिम संचालित भईरहेका छौं।हामी किन्चित पनि आग्रह पुर्वाग्रहमा विश्वास राख्दैनौं। हरसम्भव सकारात्मक बिषय-बस्तु उठान गर्ने हाम्रो प्रमुख लक्ष्य हो।
परदेशको भूमिमा कामको बाध्यता र समयको अभावको बीचमा समय बचाएर सके र भ्याएसम्म यहाँहरू सामु ताजा सूचना र समाचारहरु पस्किने जमर्को गरि नै रहेका छौं।
नमूना नेपाल डटकमले दोश्रो बर्ष पार गरी
तेश्रो बर्षमा आईपुग्दा हामीलाई माया गरेर सल्लाह, सुझाव प्रदान गर्नु हुने, सूचना, समाचार, लेख, रचना मार्फत सहयोग गर्नुहुने सम्पूर्ण पाठक तथा शुभचिन्तकहरू प्रति आभारी छौं। तपाईहरुबाट सधैं विश्वास, भरोसा, साथ, सहयोग र शुभेच्छा पाउने अपेक्षा लिएका छौं।
अन्त्यमा नयाँ बर्ष २०२२ को तपाईहरु सम्पूर्णमा पुनः हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।