गृहपृष्ठ नयाँ मिस नेपालको खोजी सुरु
नयाँ मिस नेपालको खोजी सुरु

काठमाडौं । नयाँ मिस नेपाल खोजी सुरु भएको छ । आयोजक हिडन ट्रेजरले ‘मिस नेपाल २०२०’ को लागि आवेदन खुल्ला गर्दै नयाँ मिस नेपालको खोजी सुरु गरेको हो । निशुल्क फर्म भर्न सक्ने ब्यवस्था सहित खुल्ला भएको मिस नेपालको आवेदन इच्छुकले २७ मार्चसम्म भर्न सक्नेछन् । आवेदन फर्म हिडन ट्रेजरको कार्यलय तथा मिस नेपाल वेभसाइटबाट समेत सिधै भर्न सकिनेछ ।
काठमाडौंसहित धनगढी, नेपालगन्ज, बुटवल, पोखरा, चितवन, वीरगन्ज, धरान, बिर्तामोड लगायत देशको विभिन्न ९ शहरमा छनौट चरणको अडिसन हुने प्रतियोगितामा १९ वर्षदेखि २६ वर्षसम्मका, ५।४ इन्च हाइट भएका अबिवाहित नेपाली युवतीले माात्र सहभागिता जनाउन सक्नेछन् ।
मिस नेपाल २०२० को घोषणा मे १५ हुने आयोजक संस्था हिडन ट्रेजरका निर्देशक दिवाकर राजकर्णिकरले जानकारी दिए ।