२०८० जेठ २३ गत मंगलवार | June 06, 2023

गृहपृष्ठ नवनियुक्त प्रदेश प्रमुखले लिए सपथ

नवनियुक्त प्रदेश प्रमुखले लिए सपथ

सरकारको सिफरिसमा गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुख नियुक्त भएका सीता पौडेल र गंगाप्रसाद यादवले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल निवासमा आइतबार राष्ट्रपति भण्डारीले उनीहरुलाई शपथ खुवाएकी हुन्।

त्यसअघि हिजै बसेको मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई पदमुक्त गर्दै नयाँ नियुक्तिका लागि पौडेल र यादवलाई राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।

पौडेल प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकार हुन्। उनी एमालेको भ्रातृ संगठन अखिल नेपाल महिलासंघकी अध्यक्षसमेत हुन् । त्यस्तै यादव भने दोस्रो संविधान सभाका उपाध्यक्ष र उपभामुख भएका थिए। उनी राप्रपा नेपालबाट उपसभामुख बनेका थिए। तर, यादव २०७४ सालको प्रतिनिधिसभा चुनावअघि एमाले प्रवेश गरेका थिए।

यसअघि २०७६ कात्तिकमा सरकारले सातै वटा प्रदेशको प्रदेश प्रमुख परिवर्तन गरेको थियो । त्यतिबेला प्रदेश २, गण्डकी र सुदूरपश्चिममा माओवादी केन्द्र निकटकालाई नियुक्त गरिएको थियो। तर, नेकपा विभाजन भएसँगै प्रदेश-२ का प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरी राजेश झालाई जिम्मेवारी दिइएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु