२०८० जेठ २३ गत मंगलवार | June 06, 2023

गृहपृष्ठ नवलपरासीको दाउन्नेमा यात्रुबाहक बस दुर्घटना,४ जनाको घटनास्थलमै ज्यान गयो

नवलपरासीको दाउन्नेमा यात्रुबाहक बस दुर्घटना,४ जनाको घटनास्थलमै ज्यान गयो

नवलपरासीको दाउन्नेमा यात्रुबाहक बस दुर्घटना भएको छ।बसमा सबार ५३ यात्रु मध्ये ४ जनाको घटनास्थलमै मृत्यु भएको छ भने बाकी ४९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत बर्दघाट नगरपालिका ४ दाउन्ने सडकखण्डको बाँस खोलामा बस खस्दा उक्त दुर्घटना भएको हो। काठमाडौंबाट रुकुम पश्चिमका लागि जाँदै गरेको ना ५ ख २७१३ नम्बरको बस खोलामा खस्दा घटनास्थलमै ४ जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा रुकुम पश्चिम त्रिवेणी गाउँपालिका वडा बस्ने २७ वर्षीया कल्पना पुन र रुकुम पूर्व सिस्ने गाउँपालिका वडा ४ बस्ने ३६ वर्षीय धनराज घर्ती रहेको नाम खुलेपनि अन्य दुईजना मृतकको सनाखत हुन सकेको छैन्।

दुर्घटनामा परि घाइते भएकाहरुलाई प्रहरीले उद्दार गरि उपचारका लागि बुटवलका अस्पतालहरुमा पठाएको र अरु घाइतेहरुको बर्दघाटस्थित चिसापानी सामुदायिक अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ।

दुर्घटना के कारणले भएको हो भन्ने स्पष्ट भैनसकेपनि तीब्र गतिका कारण दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ।यद्यपि अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु