गृहपृष्ठ नवलपुर समाज पोर्चुगलको प्रथम अधिवेशन सम्पन्न ,अध्यक्षमा प्रेम बुढापृती ,वरिष्ठ उपाध्यक्षमा मिलन रेग्मी र महासचिवमा अनन्त तिवारी चयन
नवलपुर समाज पोर्चुगलको प्रथम अधिवेशन सम्पन्न ,अध्यक्षमा प्रेम बुढापृती ,वरिष्ठ उपाध्यक्षमा मिलन रेग्मी र महासचिवमा अनन्त तिवारी चयन

नवलपुर समाज पोर्चुगलको प्रथम अधिवेशन भब्य रुपमा सम्पन्न भएको छ।अधिवेशनले अध्यक्षमा उर्जावान युवा व्यवसायी प्रेम बुढापृतीलाई चयन गरेको छ।
सेप्टेम्बर ११ मा पोर्चुगलको लिस्वनमा भएको अधिवेशनले बुढापृतिको नेतृत्वमा २२ सदस्यीय कार्यसमिति चयन गरेको हो।
सस्थाको वरिष्ठ उपाध्यक्षमा मिलन रेग्मी सर्वसम्मत चयन भएका छन् भने उपाध्यक्षहरुमा सुकदेब अधिकारी,प्रकाश रेग्मी,नरेश सुनार र महिला उपाध्यक्षमा मन्जु जि.सि चयन भएका छन्।
त्यस्तै महासचिवमा अनन्त तिवारी निर्वाचित भएका छन्।त्यसैगरी ,सचिवमा नरेश न्यौपाने र सहसचिवमा दिपक सापकोटा सर्वसम्मत भएका छन्।अधिवेशनले सदस्यहरूमा सरोज काफ्ले,मीन गुरुङ ,बुद्धिमान परियार ,नरेन्द्र आले,सागर तिवारी ,होम थापा ,यम सुनार,कृष्ण विक,आनन्द पराजुली ,दिलिप परियार ,अमर थारु,निरु खाम्चा मगर,केशव भुसाल,हरी गुरुङ ,नविन न्यौपाने ,ओ म परियार ,मुकेश हिताङ,प्रेम सापकोटा ,पवन रिजाल चयन गरेको छ।त्यसैगरी बिस्नु सापकोटा ,दिपक गोदार र अर्जुन पोख्रेल गरि २२ सदस्यीय कार्यसमिति चयन गरिएको छ।
कार्यक्रम लिस्वन स्थित नेपाली अवैतानिक वाणिज्य दुत मकर बहादुर हमालको प्रमुख आतिथ्य र राम पुनको सभापतित्वमा सम्पन्न भएको थियो।
नवनिर्वाचित अध्यक्ष बुढा पृतिले पोर्चुगल रहेका हरेक संघ- सस्था सँग सम्वन्य गरि नेपालीहरूले भोगेका कठिनाइलाई हल गर्न पहल गर्ने वताए।समाजलाई चलायमान ,कृयासिल बनाउन आफ्नो तर्फबाट कुनै कसर बाकी नराख्ने उनले अठोट पनि गरेका छन्।
नमूना नेपाल परिवारको तर्फबाट नवनिर्वाचित कार्यसमितिलाई हार्दिक बधाई सहित सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौ।