गृहपृष्ठ नवलपुर समाज पोर्चुगलले सेप्टेम्बर ११ मा पहिलो अधिवेशन गर्ने
नवलपुर समाज पोर्चुगलले सेप्टेम्बर ११ मा पहिलो अधिवेशन गर्ने

सामाजिक एवं कल्याणकारी कार्यमा अग्रसर हुँदै आइरहेको नवलपुर समाज पोर्चुगलले आगामी सेप्टेम्बर ११ मा पहिलो अधिवेशन गर्ने भएको छ।
केही दिन अगाडि बसेको समाजको बैठकले उक्त दिन अधिवेशन गर्ने निर्णय गरेको हो।
स्थापनाकालदेखिनै सामाजिक कार्यमा क्रियासिल सस्थाले पोर्चुगलमा रहेका नवलपुरबासी नेपालीलाई समाजमा आवद्ध हुन विशेष आग्रह समेत गरेको छ।
आगामी हुने अधिवेशनले थप सशक्त र एकताबद्ध टिम निर्माण हुने अपेक्षा गरिएको छ।नमूना नेपाल परिवार अधिवेशन सफलताको शुभकामना व्यक्त गर्दछौं ।