२०८० असोज ९ गत मंगलवार | September 26, 2023

गृहपृष्ठ नागरिकता प्रमाणीकरण विरुद्ध सर्वोच्चमा रिट

नागरिकता प्रमाणीकरण विरुद्ध सर्वोच्चमा रिट

राष्ट्रपति रामचन्द्र पौडेलले गरेको नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ नागरिकता प्रमाणीकरण विरुद्ध सर्वाेच्च अदालतमा रिट दर्ता भएको छ।


गत बुधबार अघिल्लो प्रतिनिधिसभाले पठाएको र तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेको उक्त विधेयकलाई गत बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका थिए।

उक्त प्रमाणीकरणविरुद्ध वरिष्ठ अधिवक्ता सुरेन्द्र भन्डारीसमेतले शुक्रबार सर्वाेच्च अदालतमा रिट दर्ता गराएका हुन्। उक्त रिटमाथिको प्रारम्भिक सुनुवाइका लागि आइतबारलाई पेसी तोकिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु