२०७९ चैत १३ गत सोमवार | March 27, 2023

गृहपृष्ठ नातिको विवाहमा लण्डन आएका बाग्लुङका केसीको कोरोनाबाट निधन

नातिको विवाहमा लण्डन आएका बाग्लुङका केसीको कोरोनाबाट निधन

लिस्बन । नातिको विवाहका लागि बेलायत आएका कर्णबहादुर केसीको कोरोना संक्रमणका कारण निधन भएको छ।

केसी मार्च २गते लण्डनमा भएको नातिको विवाहमा भाग लिन श्रीमती सहित बेलायत आएका थिए । बेलायत बस्दाबस्दै खानाको स्वाद थाहा पाउन छोडेपछि र पखाला चल्न थालेपछि उनलाई उत्तरी लण्डनमा रहेको नर्थविक पार्क हस्पिटलमा भर्ना गरिएको थियो ।

१० दिनसम्म आइसियुमा राख्दा पनि उनको स्वास्थ्योपचारमा कुनै सुधार भएन । उनको गत बुधबार अप्रिल ८ तारिखका दिन कोरोनाबाट निधन भएको प्रवासी नेपाली एकता मन्च युकेका अध्यक्ष राजेन्द्र पुडासैनीले फेसबुक मार्फत जानकारी दिनु भएको छ ।

केशी बेलायतमा छोरा मिलन केसी र बुहारी सरस्वती केसीका साथ बसोबास गर्दै आएका थिए। उनीहरु दुवैजना लण्डनमा व्यवसायरत छन् भने सरस्वती केसी गैरआवासीय नेपाली संघ युकेकी कार्यसमिति सदस्य पनि हुन् ।

उनको नेपालमा पुर्ख्यौली बाग्लुङ घर भएको र उनका श्रीमती, चार छोरा र एक छोरी छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु