२०७९ माघ २२ गत आइतवार | February 05, 2023

गृहपृष्ठ नामको पहिलो अक्षर आर ‘R’ हुने व्यक्ति कस्ता हुन्छन् चिनारी

नामको पहिलो अक्षर आर ‘R’ हुने व्यक्ति कस्ता हुन्छन् चिनारी

नामको पहिलो अक्षर 'R' हुने व्यक्तिको चिनारी

एजेन्सी–मान्छेहरुको नामको आफ्नै अर्थ हुन्छ । नेपाली होस् वा अंग्रेजी केहि अर्थ आउने भएका कारणले नै नाम राख्ने गरिन्छ । नाम जस्तो गुण नभए मनपरी नाम राखेको ठानिन्छ । नत्र नाम जस्तै काम देखाउनु पर्दछ । त्यसैले आज हामीले ‘आर’ बाट नाम सुरु भएका मानिसहरुको गुण राखेका छाैं । यसले ९ अंकसँग मेल खानेगर्छ । यस्ता व्यक्तिहरुमा सहनसक्ने क्षमता, बुद्धिमान र मानवता जस्ता गुणहरु उच्च हुने गर्छन् ।

विचारका हिसाबले पनि उनीहरु अरुको अगाडि डिप्लोम्याट जस्तै देखिन्छन् । व्यक्तिगत चरित्रमा पनि उनीहरु बलियो हुने गर्छन् । उनीहरुमा सोच्न सक्ने क्षमता, दया, र उच्च विचार बढी हुन्छ ।

परिवार, साथी, तथा घरप्रति उनीहरुको सधै न्यानो भावनाहरु रहिरहन्छ ।‘आर’ बाट नाम सुरु भएका मानिसहरु प्राय अरुको फाइदाका लागि बढी सोच्ने गर्छन् । अरुलाई सल्लाह सुझाव दिन र मदत गर्न सधै तयार रहन्छन् ।

त्यस्तै कुनै पनि समस्याको समाधानका लागि हरेक व्यक्तिलाई आकर्षित गर्न सक्छन् । उनीहरु सिर्जनशिल हुन्छन् । कला तथा सस्कृतिप्रति उनीहरुको चासो समेत रहेको हुन्छ । आरबाट नाम सुरु भएका मानिसहरु मनोरञ्जन गर्न ज्यादा रुचाउने गर्छन् । कुनै पनि सुन्दरताको बयान गर्न उनीहरु पछि पर्दैनन् ।

‘आर’ बाट नाम सुरु भएका मानिसहरु दानी, भगवान्प्रति विश्वास गर्ने खालका हुन्छन् । त्यस्तै नकारात्मक कुरा गर्नुपर्दा उनीहरु छिट्टै रिसाउने खालका हुन्छन् । एउटा सानो कुरालाई लिएर धेरै सोच्ने गर्छन् । आफ्नोभन्दा पनि अरुको समस्या समाधान गर्न उनीहरु अग्रसर हुने गर्छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु